२२ हजार ६६४ जनामा पीसीआर परीक्षण,संक्रमित संख्या २४६

7
SHARES
15
VIEWS

काठमाडौं/जेष्ठ, हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको थियो ।

यस्तै हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ । यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो ।

यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६००  जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ।

यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु २७२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए ।

यस्तै आज तीन जनामा कोरोना पुष्टि भएको र योसँगै संक्रमितको संख्या २४६ पुगेको पनि उनले बताए । यस्तै ३५ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित