चर्काे विवाद पछि लक्ष्मण बमले आफ्नो घरबाट कार्यापालिका हटाउदै

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ,जिल्लाको पलांता गाउँ पालिकाको कार्यालय आफ्नो घरमा राखेर मासिक ५० हजार  घरभाडा  लिदै आएका पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले चर्काे विवाद पछि  आज घर खालि गर्ने बताएका हुन  ।

आफ्नो घरमा विना कोटेशन घरभाडा सम्झौता गरेर कार्यालय संचालन गर्दै बमले गाउँ पालिकाको विधि प्रक्रिया मिचेर घरभाडा सम्झौता गरी  कार्यालय संचालन गर्दै आएका थिए ।  अहिले लोकप्रियता कमाउन भारत बाट आउने नागरिकहरुलाई व्यवस्थापन गर्नका लागि आफ्नो घरमा तयारी गर्ने बताउदै आफ्नो फेसबुकमा लेखाका छन  “सरकारले भारतबाट नागरिक ल्याउने तयारी गरेको छ सो को लागि आफुले घर खालि गर्न लगाएको  उल्लेख गरेका हुन  । नागरिकहरुलाई कुनै पनि कमि हुन नदिन १०० बेडको क्वारेन्टाइनको व्यवस्थापन गर्ने फेसबुकमा लेखेका छन ।उनले कार्यालय पालिका हटाउने बारेमा कुनै कुरा उल्लेख  गरेका छैनन ।

पछिल्लो समय विवादमा तानिएका लक्ष्मण बम अहिले पलांता घटना पछि सुर्खेतमा पत्नि गोरिकला बमको उपचारमा रहेका छन ।
सुर्खेतमा रहेका कालीकोट बासिलाई राहत वितरण गर्दै आएका उनि पलांतामा भने  वडा न. १ र वडा न. २ मा भने बासिन्दाले र इन्द्रले राहत बाड्छन तम्रा नेता छदैछन त्यहि माग्नु भनेको एक स्थानियले बताएका छन ।

पूर्वाग्रही तरिकाले कुनै पनि राहत नपाएको तर कसरी २० लाखको राहत कता बाड्नु भयो आफु लगाएत कुनै पनि समुदायले जानकारी नपाएको बताए । उनले नेताहरुको विचको विवादका कारण हरेक कार्यक्रमबाट हामी समुदायले बञ्चित हुने वातावरण नहुन दिन अनुरोध समेत गरेका छन ।  अध्यक्ष बमले कोरोनाको विचमा व्यक्तिगत रुपमा पलांतामा २० लाख बराबरको राहत वितरण गरेको दावि गरेका छन ।
अहिले पलांता बासि उनका विरुद्धमा आन्दोलनमा रहेका छन । त्यति मात्र नभइ विहबार स्थानियले गरेका आन्दोलन वडा कार्यालयमा ताला लगाइएको छ भने अध्यक्ष बमलाई संकेत गर्दै भष्टाचारी नेता चाहिदैन, सामाजिक सुरक्षा भत्ता पाउनै पर्छ भन्ने नारा लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित