कालीकोट/जेष्ठ,बाबुको एक्लो सन्तान घरमा जे गर्ने हो आफ्नै मर्जि कसैको रोकटोक छैन उनलाई । आमाको निधन पछि बुवा जयमनि न्यौपानेको कोखबाट २०४० सालमा जन्मिएका धन प्रसाद न्यौपानेको जिवन सुखमय थियो । गाउँको जनजागृति माध्यमिक विद्यालयमा कक्षा आठ सम्मको अध्ययन पछि घरमा खेति किसान संगै घरव्यावहार धान्दै आएका उनि जनयुद्ध प्रति प्रभाव झुकाव राख्न पुगे २०५८ साल भाद्र महिनामा घरबाट एक्लो बुवालाई छोडेर भुमिगत जिवन शुरु गरे ।
लामो समय आफ्नै गाउँमा कार्यरत उनि बुवाको सेवा गर्दै आएका थिए । तत्कालिन समयमा फागुन ८ गते अछाम सदरमुकाम मंगलसैन र सांफेबगर आक्रमणका समयमा सहभागि भएको बेला घरमा बुवाको निधन भएछ । उनले स्मरण गर्दै भने जनयुद्धका कारण बुवाको अन्तिम दाहसंस्कार(श्रदाञ्जलि सभा)मा सहभागि हुन पाइएन । दुई हप्ता पछि घर आंउदा घर रित्तो थियो । सबै सम्झिए कोही छैन । पार्टी नै बुवा,आमा,दाजुभाई सम्झिए आंशु पुछेर हिंडियो । उनले भने त्यस पछि घर,जग्गा जमिनको सम्पूर्ण कार्यभार पार्टीलाई बुझाउने निधो गरे । पार्टीले आफुलाई २०५९ सालमा डोटी कार्यक्षेत्र तोक्यो । मैले जानु पर्ने अवस्था आएपछि सम्पूर्ण सम्पति सर्वहाराकरण गरेर सुदुरपश्चिम हुइकिय । डोटी पुगे पछि मलाई तत्कालिन समयमा संचार पोष्टको जिम्मेवारी तोकियो । अहिले भन्दा खेरी “जनयुद्धका हुलागि”आफु हुलागि भएर डोटी अछामको सम्पर्क गराउने कामको जिम्मेवारी थियो । आफु संगै रहेका तिन जना साथिहरुका विचमा करिव चार वर्ष संचार पोष्ट(हुलागि) भएर विताइयो । निकै दुःख कष्टपूर्ण विताइएका कहालि लाग्दो जिवनमा गरेको श्रमको हिसाव किताव गर्ने हो भने लाखौं सम्पति जोड्ने अवस्था हो तर पनि सम्पतिको सट्टा इमेज कमाइयो ।
सोही समयमा विदा मिलाएर घरमा कोही नभएपनि छिमेकी संग भेटघाट गरेर फर्किने काम हुन्थ्यो । त्यति बेला सम्म सबै जग्गा जमिन पार्टी जनसत्ताले हेरफेर गर्दै आएको थियो । डोटीमा रहंदा उनले हुलागि मात्र नभई सेनाको भुमिका समेत पुरा गरे ठाउँ ठाउँमा भएका सैन्य आक्रमणमा समेत सहभागि भएर राम्रो भुमिका निर्वाह गरेका उनले जनसत्ताले गर्ने काम कार्वाहीका बारेमा राम्रो संग भुमिका निर्वाह गर्दै संगठन निर्माण लगाएतका काम गरेको बताए । तत्कालिन समयमा पार्टीको माथिल्लो निकायबाट चार कर्ता(पार्टी,सेना,मोर्चा र सत्ता) बन्नु पर्छ भन्ने प्रशिक्षणबाट अन्धभक्त हामीहरुले सोही अनुसार दायाँ बायाँ केही हेर्ने कुरा भएन । लामो समय एकै क्षेत्रमा बस्नु पार्टीको निर्देशन नभएपछि फेरबदलको निति लिने क्रममा मैले नसोचेको क्षेत्र बाजुर जानु पर्ने भनियो । युद्ध र क्रान्तिका लागि ज्यान प्रवाह नगरेका हामीहरुलाई कुनै निसंकोच हिडियो । राजनैतिक क्षेत्रमा काम गर्ने अवसर मिल्यो २०६१ साल माघ महिना तिर । डोटीबाट बाजुरा जिल्लामा कार्यक्षेत्र बनाएर पठाइयो । उनले सदावहार जिवनका भोगाईहरु धारा प्रवाह व्यक्त गर्दै भने बाजुरामा जाने क्रममा आफुलाई पारिवारिक रुपमा केही गर्नु पर्छ भन्ने भावना पैदा भएपछि मेल्टा स्थित रंगा बम संग प्रेम सम्बन्धको शुरुवात भएको बताउदै धन प्रसादन्यौपाने उर्फ साजनले सबै त्यागेर बाजुरा लागे । पहिलो पटक प्रेम सम्बन्धमा बांधिएका उनि छुट्न त निकै कठिन भयो तर मनमनै पिडा लुकाएर प्रेमिकालाई छोडेर बाजुरा लागियो ।
बाजुराको एक वर्ष वित्यो पार्टीको योजना विना भेटघाट गर्नु भोटको केलो हुन्थ्यो । लामो समय प्रेमिका संग भेट नभएपछि विवाहका आशा मारेको थिए । तत्कालिन समयमा जनआन्दोलनको शुरुवात भयो । देशमा शान्ति हुने अवस्थाको संकेत भयो ।
सोही समयमा बाजुरा जिल्लामा शान्ति वार्ताका क्रममा पहिलो जनसभा भयो सायद जेष्ठ १५ गते तिर होला । सो जनसभामा अहिलेका राष्ट्रिय सभा सदस्य पारसमणि संगाको भला कुसारी पछि डोटी जाने अवसर भयो । विवाह बन्धनका लागि डोटीमा आउने काम भयो । जेष्ठ २३ गतेका दिन विवाह बन्धनमा बांधिएर नयाँ जिवनको शुरुवात भयो । शान्तिकालको समयमा घर आउने क्रम चल्यो । आफुले पार्टी करण गरेको पुरै सम्पति । मैले कहां जाने निस्फिक्रि पार्टीलाई सम्झिए कालीकोट आइयो तर केही छैन बांझो जग्गा बाहेक अरु केही थिएन । पार्टी संग गइयो खैत हामी सर्बहारा करण गरेका मान्छे घर आयौं के गर्ने हो ? त्यति खेर सोध्यौं अब हाम्रो जिवन के हुने ? सर्वहाराकरणको सम्पति के गर्ने ? कसैले जवाफ दिएनन । केवल भने कहिले सम्पति सर्बहाराकरण गर्नु भयो ? सो जवाफले मं छांगा बाट झरे मन मनै रोय तर त्यति खेर म परिवारको साथमा थिए । बस्नका लागि घर छैन । खानाका लागि त कुै नगरौं ।घर निर्माण गरेर बसाइको व्यवस्थापन गरियो । छोरी जन्मि झनै बोझ थपियो तर कुनै पनि बांच्ने आधार भएन । केही गरौं लगानिको आधार छैन । घरमा बसौ केही छैन ? अनेक समस्याका बावजुद समस्याको चौघेरा भित्र रहेर दुई वर्ष विताउने काम भयो । घरमा त्यहि समयमा परिवारको हात भांचिदा उपचार गर्ने रकम नपाएको स्मरण गर्दै न्यौपानेले कयौं दिन समस्यामा परेको बताए ।
होटल व्यवसायका लागि योजना बनाएर लागियो ।तै पनि केही गर्ने सकिन्छ कि भनेर आफन्तहरुको सल्लाह सुझावलाई मध्यनजर गर्दै फुकोट गाविसका पूर्व अध्यक्ष काशि बराल संगको मान्ममा छलफल भयो । वहांले २०६५ सालमा सहकारीको पहल चाल्नु भएको थियो । सोही समयमा सहकारी डिपो र बचत कर्तामा के गर्ने भने पछि मैले जोइ छोरी पाल्नका लागि डिपोको जिम्मेवारी पाए । घरमा छोरी र परिवारलाई राखेर म हुल्ममा आँए । उनले भने घरमा एक रुपैया नभएको बेला रास्कोटको सबै भन्दा ठुलो जात्रा मानिने डांडामाडु जात्रा हेर्न परिवार जांदा छिमेकी बाट २० माग्नु परेको स्मरण गर्दै ।उनले आफुलाई अर्कै महसुस भएको थियो । साँच्चै जनयुद्धले वर्बाद भएकी भन्ने पनि लाग्यो तर त्यो रहेन छ । पछि जिल्ला सहकारी संघले संचालन गरेको डिपोमा आफु काम गर्ने र घरको जग्गा विक्रि गरेर परिवारलाई २० हजार रकम बाट कस्मेटिक पसल शुरु गरे ।
त्यहि व्यावसायबाट पछि इलोक्टिोनिक समान पनि थपियो । लामो समय कालीकोटको हुल्ममा व्यवसाय शुरु गरे तर पछि राम्रो व्यापार हुन थाले पछि छिमेकी साहुहरुलाई इष्र्या जाग्यो भएनभएका इवि खेल्न थालियो । राति राति आक्रमण गर्न आउने,धम्कि दिने कोठाभाडा बढाएर चौगुणा लगाइयो । आफुले सहने गरे । तैपनि भएन । मैले व्यवसायका लागि जिल्ला छोडेर जाने निधोका बावजुद मुगु गएर सबै ठाउँ हेरियो सम्भव भएन । जुम्लाका साहु संगको समन्वयमा खलंगा पुगे २०६९ साल तिर जुम्लामा व्यवसाय शुरु गरे । अहिले राम्रो कमाई भएको छ त्यहि २० हजारको घरको र नौ महिना सहकारी डिपोका कमाई ४५ हजार गरी ६५ हजारको लगानिबाट शुरु गरेको व्यवसाय बढ्दै गएको छ । जुम्लामा फेन्सि व्यवसाय गर्दै आएका न्यौपाने दम्पतिको संसार बेग्लै रहेको छ ।
अहिले आफ्नो नाममा सुर्खेतमा दूई घडेरी लिएको छु । त्यसको लागत अहिले एक करोड १५ लाखको हाराहारीमा छ । पसलमा त्यहि २० देखि ३० लाखकोृ होला उधारो पनि १२ लाख छ । तर तिर्नु पर्ने साहुको ३ लाख मात्र रहेको छ । उनले भने दुई छोरी र एक छोराको पढाई खर्च र अन्य व्यवस्थापन गरिएको छ । यहाँ सम्म ल्याउने र यो अवस्थामा पुगाउन पहिलो जनयद्धको ठुलो देन हो भने दोस्रो देनसहकारी डिपो हो जुन डिपोका कारण मैले जिल्ला बाहिरको व्यवासयको अनुभव लिने अवसर भयो । सहकारीको काम गर्ने तौल तरिका र व्यवसायको अनुभवले मलाई निकै ठुलो राहत गराएको छ ।
हाम्रो जिवन भनेको नाफाको जिवन हो । नाफाको जिवनमा यहाँ सम्म पुगियो । राजनैतिक प्रति त्यति चासो नभएको बताउने साजन उहिलेका दुःख कष्टको स्मण गर्दै आउने दिनमा त्यस्तो कष्टपूर्ण जिवन विताउन कसैले नपर्ने अवस्थाको सृजना हुने आशामा रहेको बताए । जुम्लाको तिन वर्षको बसाईका क्रममा उनको परिवार रन्जना बम(न्यौपाने)ले जनयुद्धका कारण सुदुरकि चेलि भएर कालीकोट आएको बताइन । आफ्नो शाहस र बुढाको साथले यहाँ सम्मको जिवन अगाडी बढेको बताइन । अबको जिन्दगि सफल व्यवसायि र समाज सेवा गर्ने सोच भएको उनले बताइन ।
Discussion about this post