अहिले कोरोना रोकथाममा केन्द्रित छौं – जिल्ला समन्वय प्रमुख शाही

7
SHARES
15
VIEWS

कोरोना भाइरसले देश थला परिरहेको बेलामा कालीकोट जिल्ला समन्वय समितिले के कसरी आफ्नो भुमिका पुरा गरिरहेको छ त्यसका बारेमा कालीकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही संग कर्नालि संचारमा भएकोे समसामयिक सक्षिप्त कुराकानि प्रस्तुत गरेका छौं ।
देश कोरोना भाइरसका कारण थला परिरहेको अवस्थामा जिल्ला समन्वय समितिले के काम गरिरहेको छ । यसमा समन्वय समितिको भुमिका कस्तो रहन्छ ?
–सबै भन्दा पहिला कर्नालि संचारलाई धन्यावाद दिन चाहान्छु । यति वेला देश कोरोना भाइरसका कारण थला परिरहेको छ । यस अवस्थामा हाम्रो भुमिका भनेको स्थानिय तह र प्रदेश सरकारको विचमा समन्वयको काम भइरहेको छ । सुरक्षा कर्मि र स्वस्थ्य क्षेत्रको रिर्पाेटिङको काम जिल्ला प्रशासन कार्यालय मार्फत हुन्छ भने जिल्ला समन्वय समितिले स्थानिय निकाय र प्रदेश सरकार विच समन्वय गरी रिर्पाेटिङ गर्ने काम भएको छ । हामीले प्रदेश सरकार संग गएको बैशाख ८ गते र जेष्ठ ५ गते भएको भिडियो कन्फ्रेन्स मार्फत जिल्लाका गतिविधिहरुको बारेमा जानकारी दिएका छौ भने माथिबाटको निर्देशनहरुलाई कार्यन्वयन गर्न स्थानिय तहलाई समन्वय गर्ने काम हामीले गरेका छौं । बढि भुमिका भनेको स्थानिय तहलाई दिएको छ स्थानिय निकायहरु कार्यन्वयनमा प्रत्यक्ष जोडिएर जाने काम भएको छ । हाम्रो काम भनेको समन्वयको भएको छ अहिले पनि हामीले विभिन्न स्थानिय तहहरुका गतिविधिहरु र व्यवस्थापनका लागि भुमिका निर्वाह गरेका छौं ।
अहिले भारत बाट नागरिकहरु जिल्ला भित्रिदैछन । स्थानिय निकायलाई व्यवस्थापन गर्न धौ धौ परिरहेको छ । जिल्ला समन्वय समिति त भुमिका विहिन भएन र भन्या ?
–हो अहिले भारतबाट नागरिक आउन शुरु भएको छ । यसका लागि हामीले एक स्थानिय तहमा दुई वटा क्वारेन्टाइनको व्यवस्थापन गर्ने भनिएको छ । त्यसका लागि स्थानिय तह लागि परेको छन ।त्यसका लागि कतै टेन्ट मार्फत काम भइरहेको छ भने कतै सरकारी भवन तथा विद्यालयहरुलाई आधार बनाएर क्वारेन्टाइन व्यवस्थापनको शुरुवात भएको छ ।स्थानिय तहले व्यवस्थापनका लागि अन्तिम अवस्थामा पुगाइसकेका छन । त्यसलाई त्यसरी व्यवस्थापन गरेर लैजाने तयारीमा जिल्ला भर प्रक्रिया अघि बढेको छ ।

जिल्लामा पहिलो जिल्ला सभा भयो ? त्यसबाट के के निर्णय भएका थिए अहिले के कति कार्यन्वयन भएका छन । त्यस मध्ये कुन विषयलाई पहिलो प्राथमिकतामा राख्नु भएको छ ?
–जिल्ला सभाले गरेका निर्णयहरु राम्रै थिए ।कार्यन्वयन त भए फरक तरिकाले अगाडी बढेका छन । ति निर्णय दुई कारणले गर्दा समस्या आएको छ । पहिलो त मदिरा निशेधितको विषयलाई अगाडी बढायौं । त्यसमा अन्तरविरोध रह्यो ।सबैको साझा प्रतिक्रियाहरु लिन सकेनौ । नियन्त्रणका लागि पहल चाल्नु पर्नेमा हामी थोरै चुक्यौं । त्यसलाई हामीले कार्यन्वयन गर्न सकेनौं । दोस्रो योजनाको हकमा जिल्ला समन्वय समिति मार्फत योजनाहरु छनोट गरेर जाने भनेर गरिएको हो । जिल्ला समन्वय मार्फत आएका योजनाहरुलाई प्रदेश सरकारले प्राथमिकता दिने भन्ने थियो तर पछिल्लो समयमा सिधै स्थानिय तहलाई प्रदेश सरकारले योजनाहरुमा अगाडी बढाउन खोज्दा जिल्ला समन्वय समितिलाई मिनिमाइज गरेको हामीले अहिले अनुभुति गरेका छौं । त्यस विषयको हकमा हामीले प्रदेश सरकारलाई पटक पटक कुरा उठाइरहेका छौं । रह्यो जिल्लालाई आत्मनिर्भर बनाउनका लागि कृषि,पर्यटन,उर्जा र सडकलाई प्राथमिकतामा राखेका छौं ।
–त्यसो हो भने अब प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई अधिकार दिन्छ त ? यदि नदिएमा तपाई के गर्नु हुन्छ । पछाडी हट्नु हुन्छ की यसमा सिमित रहनु हुन्छ ?
– यस विषयमा हामीले यति खेर(जेष्ठ ५) गतेको भिडियो कन्फ्रेन्समा चर्काे कुरा उठाएका छौं । कानुनमा भएको कुरालाई प्रदेश सरकारले उलंघन गरेको भन्ने कुरा गरेका छौं । यति सम्म कि कानुन सम्बत नभई विपरित तरिकाले प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई चलायो ।अधिकार विहिन बनाएको कुरा चर्काे उठाइसके पछि जिल्ला समन्वय समिति मार्फत जाने कुरा भएको छ । तत्काल कोरोना भाइरसको रोकथामका लागि रोग र भोक संग संगै लगड्ने पर्ने स्थितिमा जनताका दैनिक जिविकाका सवालहरुलाई सेवा प्रवाहलाई छिटो छरितो र विश्वासिलो कसरी बनाउन सकिन्छ भन्ने बारेमा जिल्ला समन्वय समितिले सहकार्य मार्फत अगाडी बढ्ने र त्यसका लागि मुख्यमन्त्रि,समाजिक विकास मन्त्रि र आन्तरिक मामिला मन्त्रिहरुलाई ध्यानाकर्षण भएकाले केही हुन्छ कि भन्ने आशा जगाएको छ । यसै विच कुरा अगाडी बढेर सर्कुलर पनि आएको छ त्यसका लागि जिल्ला समन्वय समिति पनि त्यहि कोरोना रोकथामका लागि अगाडी बढेको छ ।
अहिले कालीकोट जिल्लामा जनप्रतिनिधिहरु माथि एक पछि सृंखलाबद्ध आक्रमण भइरहेका छन । के कति कारणले घटना भइरहेका छन र जिल्ला समन्य समितिले कसरी हेरिहरेको छ ?
–विशेष गरी अहिले उत्कर्षमा पुगेको पलांता घटना हो । यसका बारेमा विगत देखि रहेका अन्तरविरोधलाई पार्टीले छिटो समाधान दिन नसकेको कुरा हो ।उक्त घटनाको आयोग पनि बन्यो । त्यसले उच्च रुप लियो । पछिल्लो समय झडप सम्म पुग्यो । यस बारेमा मान्छेहरु दुई धारमा विभाजन भए । गएको बैशाख २९ गते जिल्लामा मुख्यमन्त्रि महेन्द्र बहादुर शाही सहितको बसाईमा दुबै पक्ष विशेष गरी आक्रमण गर्ने पक्ष भनिएको छ । ति सबै संग भएको कुरामा जिल्ला पार्टीलाई त्यहि अनुसार निर्देशन गरियो । मुख्यमन्त्रिले लक्ष्मण बम संग बसेर आन्तरिक रुपमा पार्टीबाट समाधान गर्ने कुरा भएको थियो पछि काुननि प्रक्रियामा अगाडी बढ्यो त्यसले विवादित हुने सृजना गरायो । अहिले प्रयास भइरहेको छ हिरासतमा रहेका साथिहरुलाई निकालेर उचित प्रक्रियामा समस्याको समाधान हुन्छ । जिल्ला भर भएको सबै भन्दा अमानविय तथा राजनैतिक पूर्वाग्रहीका कारण पचालझरना गाउँ पालिकाको वडा न. १को वडाध्याक्ष रत्नलाल न्यौपाने माथि भएको आक्रमण गैरन्यायिक भएको छ निन्दनिय कार्य हो । यसलाई आपत्ति जनक हो । त्यसो गुर्न राम्रो हैन ।उता शुभकालिकाका अध्यक्ष खडानन्द चौलागाइ माथिको आक्रमणको प्रयास क्वारेन्टाइन बनाउने विषयमा भएको् थिया्े त्यो समाधान भएको छ । आक्रमणकारीहरुले माफि मागे पछि सहज भएको छ । विशेष गरी केही तत्वहरु स्थानिय जनप्रतिनिधिहरुलाइृ असफल बनाउन लागि परेको देखिन्छ । हामीले असफल बनाउने खराव तत्वहरु विच एकता बद्ध तरिकाले जनप्रतिनिधिहरु अगाडी बढ्नु पर्ने हो तर त्यसो नभई आ आफ्ना समस्याहरुका विचमा बिकेन्द्रित तरिकाबाट अगाडी बढ्ने देखियो ।अलि फितलो भएको महसुस गराएको छ ।
यहाँलाई कालीकोट जिल्ला कृषि,उर्जा, पर्यटनको क्षेत्रमा सम्भावना बोकेको जिल्ला हो । यसलाई सम्बृद्धि बनाउनका लागि प्रदेश र संघिय सरकारको भुमिका के भइदिएको भए हुन्थ्यो भन्नेृ लाग्छ ?
–पहिलो कुरा राष्ट्रिय गौरवका आयोजनाहरुमा कर्णालि हाइड्रोलाई सरकारको निति तथा कार्यक्रममा समाबेश भएको छ । यो सकरात्मक पाटो भएपनि बजेट व्यवस्थापन हुने कुरामा के कति हुन्छ । त्यसका लागि हेर्न बाँकी छ । संघिय सरकारबाटको आशा झिनो आशा लिनु पर्दछ । हाम्रो पहुंच कमै हुने गरेको छ । विशेष गरी बढि आशा गर्न सकिने प्रदेश सरकार हो । सम्भावना थियो । समन्वय परिषद बैठक पनि भयो । त्यसमा हामिले आवश्यक्ताका आधारमा योजना संचालन हुनु पर्छ, कसैको व्यक्तिगत उद्देश्यका आधारमा योजना छनोट हुन थाले कसैको लविङ र कमिशनका आधारमा योजना चल्ने थाले यो राम्रो हैन यसलाई निरुत्साहित गर्नु पर्छ र प्रदेशलाई सम्बृद्धि ल्याउनका लागि साझा प्रतिवद्धताका साथ अगाडी बढ्नु पर्छ र केही हद सम्म परिस्कृत गरेर जाने कुरा उठायौं । मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले कालीकोटलाई राम्रै गर्न त खोज्नु हुन्छ तर के छ भन्दा एउटा निश्चित विन्दुमा फरक तरिकाले अगाडी बढ्नु हुन्छ । के गर्न खोज्नु भएको हो, त्यसको परिणामका बारेमा अनविज्ञता हुने अवस्था आएको छ । स्थानिय निकायको अनुगमनका लागि पनि विशेष भुमिका हुनु पर्ने हो त्यसको कमि भएको छ । हामीलाई अनिवार्य अनुगमनको जिम्माको कुरा गर्दा स्थानिय निकायले विरोध जनाए र अनुगमन मात्र भनिएको छ । तै पनि हामीले स्थानिय तहले गरेका कामकार्वाहीमा फुल्लि खटेर अनुगमन गर्छाै जस्ताको त्यस्तै पूर्वाधार लगाएतका विकास निर्माणका कामहरु बाहिर ल्याउने तयारीमा थियौं । हामी तिलागुफा नगरपालिकामा गयौं भवनहरु हेरेर आयौं जस्तो अवस्था छ त्यस्तै ल्याएर सम्बन्धित निकायमा पठायौं ।अहिले कोरोनाका कारण समस्या आएको छ । हामीले अनुगमन नगरी भुक्तानि नदिने अवस्थाको वातावारण सृजना गर्नु पर्नेमा हामीले जोड दिएका छौं । समय हामीले पाएको भए अगाडी बढ्ने थियौं । कसैले भुक्तानि दिए पनि नदिएपनि जस्ताको त्यस्तै संचार माध्यममा बाहिर ल्याउने थियौं ।सहि ढंगले जनतामा अनुगमनको अनुभुति दिलाउने पक्षमा थियौं ।
जिल्ला बासिलाई यस दुखद घडिमा के भन्नु हुन्छ ? आफ्नो भन्नु के छ ?
– मेरो तर्फबाट पहिलो कुरा यस दुखद घडिमा जनतालाई जिल्ला समन्वय समितिले सम्झने भन्ने परेको छ । स्थानिय निकायले समुदायहरुलाई सहयोग गर्ने हामीले हेरेको हेरेइ गर्नु पर्ने अवस्था आएको भएपनि विपन्न असाहयहरुलाई हामीले सहयोग गर्नका लागि सोचेका छौं कसरी सहि विवरण आउँछ त्यसमा हामी अगाडी बढेका छौं । अझै विकराल समस्या आउने देखिन्छ । भारत बाट आएका नागरिकहरुको व्यवस्थापनमा चुनौति तथा समस्या आएको समुदायले अहिलेको आवश्यक्तालाई बुझौ । कोरोनाका विरुद्ध सामुहिक बल प्रदान गर्दै लड्नु हामी सबैको दायित्व हो र हामी सबैले लक डाउनेको पालन गर्न साथ दिऔं आफु बचौ अरुलाई बचाऔं । धन्यावाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित