विद्रोही महिलालाई माल्कोटमा विप्लव नेकपा द्धारा सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेकपा की केन्द्रिय सदस्य एवंम अनेमसंघ(क्रान्तिकारी)की केन्द्रिय अध्यक्ष बन्धु चन्दले जनयुद्धमा वलिदान दिने शहिद तथा वेपत्ताका सपना प्रचण्डका कारण पूरा हुन नसकेको बताएकी छन ।

कालीकोटको माल्कोटमा आयोजना गरिएको प्रतिरोध दिवस तथा सम्मान कार्यक्रममा बोल्दै नेतृ चन्दले विच बाटोमा ल्याएर क्रान्ति असफल भएकाले अवको एक मात्र विकल्प एकीकृत जनक्रान्ती मार्फत अघि बढ्ने दाबी गर्दै प्रतिरोधमा सहभागी जनता र घाईते महिलाको उच्चा संमान ब्यक्त गरेकी छन ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य एटम बिसीले संसदिय ब्यबस्था असफल भैसकेकाले बैज्ञानिक समाजबाद अनिबार्य भएको ठोकुवा गर्दै आफैले व्यवस्थाका बारेमा जनताले   जनमत गर्नु एक मात्र बैज्ञानिक समाजवादको बाटो भएको दावि गरेका छन । उनले अहिलेको सरकार वार्तामा ईमान्दार बन्नु नसकेको बताए ।

पूर्व सांसद तथा अनेमसंघ(क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष धिरिन्दा उपाध्यायले माल्कोटी महिलाहरुले गरेको प्रतिरोधका कारण प्रचण्डहरुको सरकारमा हालिमुहालि भएको तर जनताका व्यथा जस्ताका त्यस्तै रहेको जिकिर गरेकी छन ।उक्त कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज रणदिपले नेकपा(माओवादी केन्द्र)लाई इंगित गर्दै जनताका झुपडिमा गर्नु पर्ने जनप्रतिरोध दिवस चिल्ला महलमा गरेको प्रति आपत्ति जनाउदै आफुहरुको जनप्रिय पार्टी निरन्तर जनाको साथमा रहेको दावि गरेका छन ।
नेकपा(माओवादी केन्द्र)ले उक्त प्रतिरोध दिवस सुर्खेतको शुभ होटलमा प्रतिरोधमा सहभागि घरपरिवारलाई सम्मान गर्दै मनाएको छ ।
विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अनेमसंघ क्रान्तिकारीले जनयुद्ध ताका २०५४ साल चैत्र २६ गते प्रहरी माथि प्रतिरोध गर्ने महिलाहरुलाई सम्मान गरेको छ ।

उक्त संगठनको केन्द्रीय समितीको आयोजनामा भएको कालीकोट बिथलडाडामा २०५४ साल चैत्र २६ गते निशस्त्र महिला ले शसस्त्र प्रहरी को राईफल खोसेर पार्टी लाई बुझाएको दिन लाई २४ औं वर्ष प्रवेश गरेको अवसरमा २४ औं प्रतिरोध दिवसको रुपमा सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।
अनेमसंघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्दु चन्दको प्रमुख आतिथ्यता भेरी कर्नालि ईन्चार्ज एबं केन्द्रीय सदस्य एटम बिसिको विशेष आतिथ्यता पुर्ब सभासद एबं केन्द्रीय उपाध्यक्ष धिरिन्दा उपाध्यय, पूर्व जनसरकार प्रमुख बिराट,नेकपा कालीकोटका जिल्ला ईन्चार्ज रणदिप लगाएतका नेताहरुको उपस्थितिमामा सम्मान कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

सम्मान कार्यकममा ८५ बर्षिय प्याउकला बि क लगायत ६ जना महिला लाई कोरियन कम्मलका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो । साथै प्रमुख अतिथि बन्धु चन्दले प्रशंसा पत्र समेत प्रदान गरेको त्यहाँबाट प्रकाश सावदले बताएका छन ।

यो पनि पढ्नु यहाँ क्लिक गर्नुहोस ।

https://karnalisanchar.com/archives/7912

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित