दोस्रो राष्ट्रपति रनिङ्गशिल्डमा सरस्वति मावि भिटा प्रथम

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा आयोजना गरिएको दोस्रो राष्ट्रपति रनिङ्गशिल्डमा सरस्वति मावि भिटा प्रथम आएको छ ।

जसमा प्रथम आएको सरस्वति मावि भिटाले १३ गोल्ड मेडल जितेको हो भने दोस्रो स्थान ल्याउन सफल ज्ञानोदय मावि राम्नाकोटले ६ गोल्ड मेडल ल्याएको बताइएको छ । तेस्रो स्थान पंगेलिदेवि मावि नुवाघर आएको छ ।

उक्त विद्यालयले ४ गोल्ड मेडल जित्न सफल भएको छ ।खेलुकदमा ९ वटा विद्यालयहरु सहभागि भएका थिए । उक्त खेलुकदमा सरस्वति मावि सिकु भने पक्षपात भएको भन्दै खेल बहिस्कार गरेर फर्किएको थियो ।

खेलकुदमा सहभागि भएका सबै खेलाडीलाई पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले धन्यवाद दिदै १३ औं राष्ट्रपति रनिङ्गशिल्डमा सहभागि हुदै जित हासिंल गरेर फर्किन अनुरोध गर्नु भएको छ ।

१३ औं राष्ट्रपति रनिङ्गशिल्ड सान्नित्रिवेणि गाउँ पालिकाको वडा न. १ लुशामा बैशाख ६ गतेदेखि संचालन हुने भएको छ । उक्त स्थानमा जिल्लाका ९ वटै स्थानिय तहका खेलाडीहरु पुगिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित