कालीकोट । अनेरास्ववियु(क्रा) कालीकोटका संयोजक मनसिङ्ह शाहीले हात मात्र उठाएर फरक भएको हो विद्यार्थी सङ्गठन बिस्तार सबैले गर्दै आएको बताएका छन। जिल्लाका विभिन्न स्थानीय तहमा व्यापक संगठन बिस्तार गरेको देखेर अत्तालिएकाहरुले भ्रम छर्न खोजेको बताउदै कुनै पनि निकायको प्रतिक्रिया नलिकनै समाचार लेख्नु राम्रो नभएको बताए ।
आफुलाइ कसैले नसोधेर एका एक समाचार आएको प्रती आफुले सुझाब मात्र दिएको बताउदै उनले भने छोटो समय जिल्लाका विभिन्न ठाउँका विद्यालयमा संगठनका बिस्तार गरेको देखेर एक पक्षीय समाचार लेखेकाले सुचना बिभागमा उजुरी दिने बताएका छन ।
अनेरास्ववियु(क्रा)कालीकोटको आगामी जेठमा हुने जिला सम्मेलनका लागि पछिल्लो समयमा महाबै,शुभकालिका गाउँ पालिका लगाएतका विद्यालयमा व्यापक संगठन बिस्तार गर्दै आएको छ ।
सङ्गठनका पदाधिकारीलाइ सपथग्रहण गराउदा उक्त फोटो हानिएको बताउदै संयोजक शाहीले विभिन्न राजनैतिक दलका भातृसङ्गठनले बिस्तार गर्दै आएको र अझ पनि जारी राख्ने बताए । उनले भने कसैले समाचारले लेख्दैमा अनेरास्ववियु(क्रा) पछि नहट्ने समेत बताएका छ्न ।
अनेरास्ववियु( क्रा)कालीकोटले एक बिज्ञप्ति जारी गर्दै आफुहरुले विद्यार्थी जागरण अभियाना संचालन गरेको र विद्यालयमा जिल्ला कमिटी सचिवालय सदस्यहरुले सङ्गठन बिस्तार गरेको फोटोलाइ लिएर हङ्गामा ल्याइ संगठनलाई खलल पुग्ने गरेकाले शालिन भाषामा सम्झाएको हो ? उक्त बिज्ञप्तिमा धम्की नदिएको उल्लेख गरिएको छ ।
Discussion about this post