ओलिको जालमा माधव, कार्यदलको बैठक उपचुनाव र विश्वासको मत लिएपछि बस्ने

7
SHARES
15
VIEWS

काठमाडौं । एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलको अहिले सम्म बैठक बस्न सकेको छैन ।

कार्यदल दलले चांडै नै बैठक बसेर समस्या टुंग्याउने भनेर गठन भएको भोलि पल्ट बैठक बस्ने भनिएकोमा शंकर पोखरेल नहंदा बस्ने सकेन । बरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई तीन दिनको समय दिएर सहमति खोज्न प्रस्ताव गरिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदलको समय तोक्ने अधिकार सदस्यहरुलाई दिने भनेपछि नेपालको प्रस्ताव ओझेलमा परेको छ ।

कार्यदलको बैठक सोमबार नै राख्ने र बुधबारभित्र कार्यदलको प्रतिवेदन बुझाइसक्नु पर्ने नेपालको प्रस्तावमा ओलीले कार्यदललाई जिम्मा दिनुपर्ने भन्दै पन्छिएका थिए ।
नेपालले राष्ट्रिय सभाको उपनिर्वाचन अघि नै विवाद समाधान गर्नुपर्ने चाहना राखेका थिए । तर प्रधानमन्त्री ओलीले भने ‘कार्यदलले नै समय निर्धारण गर्नेछ कार्यदललाई नै यसको अधिकार दिऔं’ भनेपछि नेपालले कुनै धारणा राखेनन् ।
‘मैले तीन दिनको समय दिउँ भनेर प्रस्ताव गरेको छु तर प्रधानमन्त्रीले कार्यदललाई दिऔं भन्नुभएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई नेता नेपालले भनेका थिए ।

नेपाल पक्षको मागअनुसार २०७५ जेठ २ को पार्टी संगठन संरचनामा पुग्न प्रधानमन्त्री सैद्धान्तिक रुपमा सहमत भए पनि नेपाल पक्ष भने विवादका विषय चाँडो टुंग्याउन चाहन्छ ।

तर प्रधानमन्त्री ओली जेठ ६ र सरकारले विश्वासको मत लिएपछि मात्रै विवाद टुंग्याउन चाहन्छन् । प्रधानमन्त्री ओलीले पटक पटक अल्मल्याउने काम गरेका कारण नेपालले चाँडै नै टुंग्याउनु पर्ने प्रस्ताव राखेका हुन् ।

‘चाँडो गरौं भन्नु पछिको पहिलो कारण प्रधानमन्त्रीप्रति अझै पनि विश्वास नहुनु हो । ओली जी लिखित सम्झौता त नमान्ने नेता हो अहिले पनि एक प्रकारको उधारो र मौखिक सहमति मात्रै हो’, नेपाल पक्षधर नेताहरुले बताएका छन ।
ओलीले भने राष्ट्रिय सभामा रामबहादुर थापा बादलको सुरक्षित अवतरण र सरकारमा विश्वासको मत सुरक्षित गरेपछि मात्रै कार्यदलको बैठक बसेर प्रतिवेदन तयार पार्ने र त्यसको कार्यान्वयन गर्ने तहमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित