पचालझरनामा अगुवा कृषकले नर्सरी भित्रै फलाए ओखर(तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको पचालझरना गाउँ पालिकामा नर्सरीमा कलमि ओखरको विरुवाबाट नर्सरी भित्र फल लागेको हो ।

पचालझरना गाउँ पालिका वडा न. २को लेखगाउँ भौनेमा अगुवा कृषक बर्म ऐडीले स्थापना गरिएको हाइटेक नर्सरीमा उत्पादन गरिएको ओखरमा फल लागेको हो । जिल्ला कृषि विकास कार्यालय कालीकोटले टर्किबाट ल्याएको भनिएका विरुवा लगाएको एक महिना भित्र फल लागेको छ । जिल्लामा कलमि गरिएका ओखरका विरुवाहरुमा पनि फल लागे पछि स्थानिय विरुवा उत्पादनमा पनि सम्भावना हुने देखिएको छ ।

   अनारका विरुवा

विगत चार वर्ष देखि नर्सरीमा फलफुल तर्फ स्याउ,अनार,ओखर लगाएतका विरुवा रहेका छन भने त्यसै गरी टिमुर,सल्ला,सिमल लगाएतका विरुवाहरु रहेको कृषक ऐडीले बताउनु भएको छ । आफु संग उत्पादन भएको विरुवा लक डाउनका कारण जान नसकेको बताउदै गएको वर्ष सल्लाको विरुवा बृक्षारोपणमा लगाएको तर अहिले खपत नहुंदा खेर जान लागेको उनको भनाई रहेको छ । अगुवा कृषक बर्म ऐडीले करिव एक विगाह भन्दा बढिको जमिनमा नर्सरीको स्थापना गर्नु भएको छ ।

नर्सरी भित्रै फलेको ओखर
२०७२ सालबाट पचालझरना तरकारी तथा फलफुल कृषक समुह गठन गरेर अगाडी बढेका अगुवा कृषक बर्म ऐडीले आशा कार्याक्रमबाट हाइटेक नर्सरी प्राप्त गरेको बताउदै कृषि ज्ञान केन्द्र,पचालझरना कृषि शाखाको सहयोगमा नर्सरी व्यवस्थापनमा लागि परेको छु । अगुवा कृष बर्म ऐडीका बुवा धनरुप ऐडीले पलांता र पचालझरना गाउँ पालिकामा पहिलो पटक स्याउ फलाउन शुरु गरेका थिए । उनले स्याउ फारम संचालन गरेको कुल लेखमा अहिले पनि राम्रो कमाइ हुने गरेको बताइएको छ । कृषि क्षेत्रमा नमुना काम गर्ने र सोही उत्पादनबाट आत्मनिर्भर हुने योजनामा रहेका अगुवा कृषक ऐडीले भौनेको डाँडोमा कसैले गर्न नसकेको नर्सरी फार्म संचालन ल्याएको र त्यसबाट उत्पादन भएका विरुवाहरु आसपासका कृषकहरुलाई उपलब्ध गराउने गरेका छन ।

 टर्कि बाट ल्याइएको ओखरको विरुवामा फल लागेको

आलुमा नयां प्रविधिबाट उत्पादन समेत गरेका छन । आलुको विजबाट भन्दा पनि जिलु बाट एकै बोटबाट दुई केजि देखि ५ केजि सम्म आलु फलाउने उनि पहिलो कृषक हुन । उनको नर्सरीबाट उत्पादन गरिएका विरुवा र कृषकहरुको क्षेत्रमा नमुना काम गरेको र वास्तविक कृषिको पहिचान दिन सफल भएको वडा न. २का वडा अध्यक्ष करविर विकले बताउनु भयो । वहाँले भन्नु भयो कृषि खेतिको नाममा कमाउनेहरुका अगाडी अगुवा कृषक बर्म ऐडीले उदाहरणिय काम भएको बताउनु भएको छ । यसका लागि आफुले गर्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्ता गर्नु भएको छ । अहिले हामीले कृषि क्षेत्रको नयाँ आयम थप्ने भनेका छौं ।

संघ र प्रदेश सरकारले बांझो जमिनको सदपयोग गर्ने भनेको छ । त्यसका लागि सबै कृषकहरु अगुवा कृषकको रुपमा स्थापित गराउने लक्ष्य लिएको वडा अध्यक्ष विकको भनाई रहेको छ । पचालझरना गाउँ पालिकामा फलफुल तथा तरकारीका लागि कृषकहरु अग्रसर हुन थालेका छन । पचालझरनाको खार्दुमा कृषकहरुले सामुहिक स्याउ बगैचा फर्म संचालनमा ल्याएका छन भने बांझकोटमा जामजेलि लगाएतका जुस उत्पादन शुरु भएको छ ।

अगुवा कृषक बर्म ऐडीको नर्सरी

कालीकोटको तिलागुफा नगरपालिकाको फोइमहादेव र रास्कोट नगरपालिकाको बालुखेत,चुत्रिकोट लगाएतका ठाउँमा मात्र पाउने फलफुलका विरुवाहरु पछिल्लो समय सबै ठाँउमा पाउन थालेपछि कृषकहरुमा उत्साह आएकोछ । कृषकहरुले जुम्ला लगाएतका ठाँउबाट स्याउ तथा ओखरका विरुवा ल्याउनु पर्ने बाध्यता हटेको बताइएको छ ।

नर्सरी रहेको जमिन

जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले पछिल्लो समयमा कृषि क्षेत्रमा उल्लखेनिय विकास भएको बताउनु भएको छ । वहाँले भन्नु भयो कृषि क्षेत्रका लागि फलफुल तर्फ यस वर्ष टर्कि बाट आठ हजार ५ सय बढि ओखरको विरुवा ल्याएका छौं लगाएको २८ दिन भित्र फल लागेको बताउनु भएको छ । फल लागेपनि झरेर जान्छ एक वर्ष पछि फलेको विरुवाको मात्र फल लाग्ने वहांको भनाइ रहेको छ । चालु वर्षमा फलफुलका लागि मात्र एक करोड ९० लाख रकम कालीकोटमा आएको र सोही अनुसार कार्यक्रम जारी रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित