कालीकोट । कर्नाली प्रदेश सरकारले कालीकोटका दुई स्थानीय तहमा निशुल्क सोलार बितरण गरेको छ । जिल्लाको खाडाचक्र नगरपालिकाको वडा नम्बर ८ को सेराबाडा,खोलाडा,पाखाका बस्तिमा सोलार बितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सहयोगमा पाखाका एक सय ५० घरपरिवारलाइ ८०वाट सोलार बितरण गरिएको सोलार बितरण समितिका अध्यन धनलाल अधिकारीले बताउनु भएको छ ।
गाउमा बिद्युत उत्पादन हुन नसकेको र टाढा बाट बत्तिको पहुच नभएको साबिकको पाखामा सौर्य प्रणाली बितरण गरिएको अधिकारीले बताउनु भयो । सोलार बितरण कार्यक्रममा खाडाचक्र नगरपालिका प्रमुख जशी पाण्डे,उपप्रमुख बिजया बिस्ट,नेकपा माओवादि केन्द्रका कर्नाली प्रदेश समिती सदस्य लक्ष्मी चौलागाइ,युबा नेता खेम बहादुर सिंह,राप्रपाका नेता लाल बहादुर मल्ल लगाएतका नेताहरुको सहभागितामा सोलार बितरण गरिएको बताइएको छ ।निशुल्क सोलार पाएपछी स्थानीय खुशी भएका छ्न ।
मुख्यमन्त्री उज्यालो कार्यक्रम महाबै गाउँ पालिकाको वडा नम्बर १ र २ मा समेत संचालन हुने बताइएको छ ।
Discussion about this post