पुर्व खेलाडीलाई वेतनको व्यवस्था गरेका छौं — कृषि तथा सहकारी मन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीले कर्नालि प्रदेशका पूर्व खेलाडीलाई वेतनको व्यवस्था गर्न लागेको बताउनु भएको छ । युवा उमेरमा खेल क्षेत्रमा लगानि गर्ने र वृद्ध भएपछि विना शाहाराको जिवन यापन गर्न  कठिन हुने भएकाले जिवनका अधिकांस समय खेल क्षेत्रमा दिएका खेलाडीलाई गुजारा चलाउन प्रदेश सरकारले आवश्यक व्यवस्थापन गर्न लागेको बताउनु भएको हो ।

जिल्ला खेलकुद विकास समिति कालीकोटका पदाधिकारीलाई स्वागत तथा अभिनन्दनका साथै कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि शाहीले उक्त कुरा बताउनु भएको हो ।

प्रदेशका १० वटै जिल्लाका खेलाडीहरुको सुचि पेश गर्न अनुरोध गर्द मन्त्रि शाहीले कर्नालि प्रदेशमा राष्टिय गौरवको आयोजनाका रुपमा प्रदेश स्तरिय रंगशाला आगामि दुई वर्ष भित्र सम्पन्न गर्ने र राष्टिय खेलकुद प्रतियोगिता समेत कर्नालि प्रदेशमा हुने भएकाले आर्थिक वर्ष २०७८।०७९मा टेण्डर गर्ने बताउनु भएको छ ।

के कति बवेट हो र कसरी व्यवस्थापन गर्ने बारेमा कुरा चलिरहेको मन्त्रि शाहीको भनाई रहेको छ ।

कर्नालि प्रदेशका १० वटै जिल्लामा एक पालिका एक खेलमैदानको अवधारणा अघि सारेको प्रदेश सरकारले हाइ अल्टिच्युटको रंगशाला समेत जुम्लामा बनाउने तयारी भएको दावि गर्नु भएको छ ।

मन्त्रि शाहीले अब खेल क्षेत्रलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । कालीकोट जिल्लाको खेल क्षेत्रका लागि निरन्तर अघि बढ्नु भएको नरेन्द्र बहादुर शाहीको स्मरण गर्दै कालीकोटको खेल क्षेत्रमा वहाँको ठुलो योगदान रहेको मन्त्रि शाहीले उल्लेख गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित