कर्नालिका मुख्यमन्त्री शाही सिमकोट

7
SHARES
15
VIEWS

हुम्ला । कर्नालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सहित अचानक सिमकोट आएका छन् ।

लामो समयदेखि प्रदेशसभा बैठक अवरुद्ध हुँदा यही असार १ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन ।

मुख्यमन्त्री शाही अपराह्न सिमकोट आइपुग्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । मुख्यमन्त्री शाही सत्ता साझेदार दलका नेतासहित हुम्ला आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको किचलोले मुख्यमन्त्री शाही नेतृत्वको सरकार अप्ठ्यारोमा परेको बेला यसअघि पनि मुख्यमन्त्री शाही नेता जीवनबहादुरसँगै हुम्ला आएका थिए ।

त्यसबेला उनीहरुका बीचमा सत्ता साझेदारका विषयमा सल्लाह भएको बताइएको छ । प्रदेश सरकार मार्फत जिल्लामा सञ्चालित योजनाको अनुगमन तथा मूल्यांकन र जिल्लाको पछिल्लो अवस्थाका बारेमा बुझ्न मुख्यमन्त्री शाही नेतृत्वको टोली यहाँ आएको जनाइएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित