रेम्बो ट्राउट माछा पालनबाट मनग्गे आम्दानि (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । व्यवसायिक माछा पालन गरेका दाहाँका विष्णु शाहीले मनग्गे आम्दानि गरेका छन । व्यवस्थापनमा उच्च शिक्षा हांसिल गरेका शाहीले अन्य पेशा भन्दा माछा पालनमा लागेर कमाइ देखे पछि १० लाखको लगानिमा शुरु गरेका माछा पालन अहिले वार्षिक ५ लाख बढि आम्दानि लिन सफल भएका छन ।

खांडाचक्र नगरपालिकाको वडा न. ६को सिम्लागाडमा स्थापना गरेको माछा पालन अहिले फस्टाउन थालेको छ ।  पोखराको पृथ्वी नारायाण क्याम्पसबाट विविएस गर्दै गर्दा माछा पालन गरेको देखेर घरमा फर्किएपछि आफु माछा पालनमा लागेको बताए ।

अन्य दाजुभाईहरु सरकारी जागिर गरेको अवस्थामा आफुले माछा पालन गरेर भविष्य देखेको र सोही अनुसार व्यक्तिगत १० लाख लगानिमा माछा पोखरी बनाएर काप्र जातको माछा पालन गरेको बताए । उनले अगाडी थप्दै भने माछा पालन गरेको देखेर पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटले १० लाख अनुदानको व्यवस्था गरेपछि काप्र जातको माछालाई हावा पानि नमिले पछि अहिले रेम्बो ट्राउट माछा ल्याएर राम्रो कमाई भएको बताए ।

आफुले अहिले यहाँ माछा पालनका साथै कुखुरा र अन्य होटलको व्यवस्थापन गर्ने गरेको बताउदै यहाँ आएर अधिकांस आगन्तुक माछा खाएर जाने गरेको बताए । अहिले प्रति केजि २ हजार पर्ने रेम्बो ट्राउट माछाको स्वाद लिनेको संख्या बढेको छ ।

आफुले लगानि गरेको रकम उठि सकेको र आगामि दिनमा अहिलेका भन्दा ठुलो भुभागमा माछा पालन गर्ने बताउदै विभिन्न सरोकारवालाहरुको सहयोग पाए पछि ह्याचरी मेसिन ल्याउने सोचमा रहेको उनको भनाई छ ।

जिल्लामा अन्य कृषकहरुलाई माछा पालनका लागि भुरा विक्रि गर्ने लक्ष्य रहेको शाहीले बताएका छन । गएको वर्ष पशु अस्पताल तथा जिल्ला पशु सेवा कार्यालय कालीकोटको सहयोगमा जिल्लाको सान्नित्रिवेणि र खांडाचक्रमा तिन स्थानमा माछा पालन शुरु गरेको भएपनि सिम्लागाडमा विष्णु शाहीले मात्र माछा पालन सफल पारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित