अस्तव्यस्त क्वारेन्टाइन व्यवस्थित बनाउ : नेपालि काग्रेंस

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि नेपालि कांग्रेस कालीकोटले अस्तव्यस्त रहेका क्वारेन्टाइन व्यवस्थापन गर्दै सन्तुलित भोजन,शुद्ध खानेपानि र उचित बासको व्यवस्थापन गर्न माग गरेको छ ।

नेपालि कांगेस कालीकोटले एक विज्ञप्ति जारी गर्दै विश्वभर फैलिएको कोभिड १९को कोरोना भाइरस महामारीको रोकथाम तथा व्यवस्थापन गर्न बारम्बार प्रदेश सरकार तथा स्थानिय तहहरुलाई साथ,सुझाव र दवाव समेत आएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा भनिएको छ पिसिआर विधिबाट स्वस्थ्य परिक्षणको दायरा बढाउन,स्वस्थ्य सामाग्रिको उचित व्यवस्थापन गर्न र भारत बाट नेपालका सिमामा आएका नागरिकहरुको छिटो उद्धार गर्ने भनिएको छ ।

साथै संक्रमितहरुको व्यवस्थापनका लागि मापदण्ड विपरित खडा गरिएका आइसोलेशनमा बसेर समस्यामा जुधिरहेकाहरुको उचित व्यवस्थापन हुनु पर्नेमा नेपालि कांग्रेस कालीकोटले माग गरेको छ ।

नेपालि कांग्रेस कालीकोटका कार्यालय सचिव हरिष बोगटी द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । दैनिक ज्यालादारी गर्ने विपन्न वर्गका नागरिकहरुलाई राहतको प्रवन्ध मिलाउन,लामो समय रोकिएको पठनपाठन समयानुकुल संचालन गर्न र कालोबजारीलाई रोक्न विशेष जोड दिइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित