बाढीपहिरो र डुबानमा परी हालसम्म ५९ जनाको मृत्यु

7
SHARES
15
VIEWS

काठमाडौँ । यस वर्ष आएको वर्षाको कारण दुई महिनामा देशका विभिन्न स्थानमा आएको बाढीपहिरो का साथै डुबानमा परेर ५९ जनाको मृत्यु भएको छ ।
वर्षका कारण पहाडी क्षेत्रका अधिकांस ठाउँमा बाढिले ३१ जना पुरुष, १७ जना महिला, ५ जना बालक र ६ जना बालिकाको ज्यान लिएको छ । जस मध्ये डोटी, पाल्पा र गोरखामा ४/४ जना, सिन्धुपाल्चोक र तनहुँमा ५/५ जना, ,रोल्पा, दाङ, दार्चुलामा ३/३ जना, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानमा २र२ जना, ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १/१ जना रहेको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये खोटाङमा १ जना र सिन्धुलीमा १ जना रहेका छन् ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वतमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीपहिरोमा परेका १ हजार २ सय ६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ ।

उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी(पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४÷४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् ।

उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ । साथै वर्षाको कारण अछाम, मुस्ताङ र चितवन लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ ।

बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् । ५ सय ८३ वटा घर, १ सय ७ वटा गोठ, ४३ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ६९ वटा पशु चौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा भएका जम्मा ६ सय वटा विपद्का घटनाबाट १ हजार १ सय ७६ वटा घर परिवारका ५ हजार ४ सय ९५ जना मानिस विस्थापित भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित