नवगठित सरकारका के के छन ? दुई निर्णयहरु

7
SHARES
15
VIEWS

काठमाडौँ । नवगठित सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

सपथ ग्रहणपछि मंगलबार सिंहदरबारमा बसेको शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत मसान्तसम्ममा सबै नागरिकलाई दिने निर्णय गरेेकाे छ । जसमा असाेजसम्ममा एक तिहाई नागरिक र चैत मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ता समेत तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, कोरोना फ्रन्टलाइनमा खटिएकाहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

आजै बहिर्गमन भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले कोरोनाविरुद्धको करिब डेढ करोड खोप प्रबन्ध गर्ने व्यवस्था गरिसकेको छ । त्यसैअनुसार नियमित खोप लगाउनको कार्य यसअघि नै भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित