पचाझरनाका क्वारेन्टाइनमा बसेका ४२ जना विदाइ

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाको पचालझरनाको क्वारेन्टाइनमा बसेका ४२ जनालाई घर पठाइएको छ ।

१४ दिन पुरा गरेपछि गाउँ पालिकाका स्वस्थ्यकर्मिले स्वस्थ्य परिक्षण जांच गर्दा आरडिटि रिर्पाेट नेगेटिभ आएपछि विहवार विदाइ गरिएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ । वहाँका अनुसार पचालझरना गाउँ पालिकाको बयाला स्थित आधारभुत विद्यालयमा रहेका पचालझरनाका १३ जना,नरहरिनाथ गाउँ पालिकाका २५ जना र रास्कोट नगरपालिकाका ४ गरी ४२ जनाको यस अघि कञ्चनपुरको गड्डाचौकी,जितेगडामा आरडिटी परिक्षण गरिएको थियो ।

क्वारेन्टाइनमा १४ दिन पुरा भएपछि गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपानेको उपस्थितिमा स्वस्थ्यकर्मिले स्वस्थ्य परिक्षणमा नेगेटिभ देखिएकाले घर पठाइएको बताइएको छ । गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार घरमा सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी पैदल बाटो हुंदै घर पठाउनका लागि भनिएको बताउनु भएको छ । आज विहान त्यहाँ रहेका स्वस्थ्यकर्मिहरुले विदाइ गरेको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा ज्ञानोदय मावि राम्नाकोटमा ८० जना,कोटिलामा ३० जना भारत बाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्दै आएका छन ।वयाला गोठीका ४२ जना घर पठाइसकेको गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित