रास्कोट नगरले ल्यायो ४७ करोड बजेट,शिक्षा स्वास्थ्य र कृषिमा प्राथमिकता

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले आगामी वर्षको बजेट ४७ करोड ल्याएको छ । कोरोनाका कारण समयमा नगर सभा हुन नसक्दा बजेट ढिलो आएको बताइएको छ ।

रास्कोट नगरपालिकाले सातौ नगर सभा मार्फत ४७ करोड चाल लाख ३० हजारको बजेट  ल्याएको नगर प्रबक्ता टक्क फर्सालले बताउनु भएको छ ।

सातौं  नगर सभाले नगरले प्राप्त गर्ने आन्तरिक राजस्व सहित प्रस्ताबित ४७ करोड बजेट प्रस्तुत गर्दै रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले गएको वर्षको भन्दा फरक ढंगले विकास निर्माण तथा अन्य काम अघि बढ्ने बताउनु भएको छ ।

रास्कोट नगरपालिका प्रमुख काशी चन्द बराल कोरोना सक्रमीत भइ उपचारमा रहेकाले नगर सभा ढिलो हुन गएको बताइएको छ । नगर सरकाले चालू वर्षका योजनालाई निरन्तरता दिने बताउदै अन्य नितिगत निर्णय भएको नगर प्रबक्ता फर्सालले बताउनु भएको छ ।

जिल्लाका रास्कोट नगरपालिका र महाबै गाउँ पालिकामा गाउँ तथा नगर सभा हुन सकेका थिएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित