नेपाली काङ्ग्रेस कालीकोट द्वारा जिल्ला अस्पताललाइ दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन

7
SHARES
15
VIEWS

कालीकोट । नेपाली काङ्ग्रेस कालीकोटले जिल्ला अस्पताललाई दुई थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ । जिल्ला सभापति हर्ष बहादुर बमको समन्वयमा उक्त मेसिन सहयोग गरिएको हो । आज जिल्ला अस्पताल कालीकोटमा नेपालि काङ्ग्रेसका जिल्ला स्तरीय नेताहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा हर्ष बहादुर बम, भुतपुर्व सभापति मुक्ती प्रसाद न्यौपाने, जिल्ला सहसचिव दमन शाही लगाएतका नेताहरुले जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका स्वास्थ्या सेवा ब्यबस्थापक कटक महतलाई हस्तान्तरण गर्नु भएको बताइएको छ ।नेपाली काङ्ग्रेस संगठन बिभाग प्रमुख नन्द बहादुर शाहीका अनुसार स्वास्थ्यमा कुनै कमि नहोस भनेर स्वास्थ्य सामाग्रीको सहयोग गरेको बताउनु भयो । पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काको पहल तथा नेपाल चिकित्सक संघ काठमाडौको सहयोग १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन प्राप्त भएको जिल्ला अस्पताल कालीकोटले जनाएको छ । नेपाली काङ्ग्रेस कालीकोटले यस अघि १ किलो वाट क्षमताको सोलार प्रणाली सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित