मन्त्रिपरिषद् बैठक बस्दै: के छन् एजेण्डा ?

7
SHARES
15
VIEWS

काठमाडौं- आज बिहिबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आज अपरान्ह चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने जनाइएको छ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो।

समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विज्ञहरुसँग परामर्श पनि गरेका छन्। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएकाे छ।

निरन्तरको लकडाउनले व्यसाय चौपट भएको भन्दै काठमाडौंमा उल्लंघन गर्नेसम्मका चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो। लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित