हिमचुली सहकारीको रास्कोटमा भवन उद्घाटन, मिस्त्रि देखि नगरपालिकालाई प्रशंसा पत्र प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी सस्था लि रास्कोटको भवन उद्घाटन गरिएको छ । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल द्वारा उद्घाटन गरिएको छ ।

रास्कोट नगरपालिकाको अनुदान रु २० लाख र सस्थाको आफ्नो लगानी ३५ लाख ६२ हजार गरेर कुल ५५ लाख ६२ हजारमा निर्माण सम्पन्न उक्त भवन बाट अहिले हिमचुली कृषि सहकारी सस्था लिका सुपथ मूल्य पसल,एग्रोभेट र सस्थाका दैनीक प्रशासनिक काम कार्बाही हुने गरेको छ ।

उक्त कार्यक्रममा भवन निर्माणमा योगदान पुगाएकोमा रास्कोट नगरपालिका,भवन निर्माणमा जिम्मावारी लिएका मिस्त्रि पठाने शार्की र रास्कोट नगरपालिकाका प्राविधिक सव इन्जिनियर विशाल रोकायालाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
सस्थाले कालीकोट जिल्लामा केन्द्रिय कार्यालय मान्म र रास्कोटमा भवन निर्माण गरेको सस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षातामा भएको कार्यक्रममा प्रमुख अतिथि काशिचन्द्र बरालले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित