अमेरिकाले चीनसँग हवाईसेवा बन्द गर्ने: दुई देशबीच थप तनाव

7
SHARES
15
VIEWS

बीबीसी- अमेरिकाले चीनबाट आउने–जाने उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा हेरिएको छ ।

अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएको जवाफमा यो निर्णय लिइएको हो ।

चीनमा कोरोनाभाइरसको महामारी नियन्त्रणमा रहेको छ भने अमेरिका यतिबेला विश्वमै सबैभन्दा प्रभावित राष्ट्रको रुपमा रहेको छ । यो बेला दुई देशबीच कोरोनाभाइरस र हङकङको मुद्दामा तनाव बढिरहेको छ ।

अमेरिकाले हवाई यात्राको मुद्दामा चीनसँग छलफल जारी रहने जनाएको छ ।

यातायात विभागको आदेश चीनका चार एयरलाइन्समाथि लागू हुनेछ – एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हेनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्स ।

यी एयरलाइन्सले महामारीको दौरान पनि अमेरिकाबाट उडान सञ्चालन गरिरहेको थियो । यद्यपि, यिनीहरुको क्षमता भने घटाइएको थियो ।

यतायात विभागको फैसला लागू हुनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमति आवश्यक हुन्छ । ट्रम्पले हालका दिनमा चीनप्रति आक्रामक रवैया अपनाएका छन्, विशेष गरेर महामारी र हङकङको मुद्दामा ।

अमेरिकाको यो निर्णयबारे चीनमा रहेको अमेरिकी दूतावासबाट कुनै टिप्पणी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित