कालीकोट । जिल्ला अस्पताल कालीकोटमा दैनिक ४० लिटर क्षमताको अक्सिजन प्लान्ट जडान भएको छ । कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट जडान भएको बताइएको छ । जिल्ला अस्पताल कालीकोटका स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतका अनुसार कालीकोट जिल्लामा कोभिड अस्पतालमा क्षयरोग निदानका लागि आधुनिक मेशिन जडान हुनु र दैनिक रुपमा ४० देखि ५० वटा अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापनाले स्वास्थ्य क्षेत्रमा ठूलो क्रान्ति भएको बताउदै जिल्लामा अक्सिजनको अभाबमा कसैलाइ कमि नहुने बताउनु भएको छ । कोभिड अस्पतालमा यस अघि अक्सिजन मिनि प्लान्ट जडान गरेर १२ वटा बेडमा पाइपलाइन बिस्तार गरिएको थियो । महाबिर पुन आबिस्कार केन्द्रको सहयोगमा कालीकोट जिल्लाको रास्कोटमा अक्सिजन मिनि प्लान्ट जडान गरिएको थियो ।
Discussion about this post