स्पष्टीकरणबारे माधव पक्षीय सांसदले यस्तो जवाफ दिएपछि….

7
SHARES
15
VIEWS

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका माधव नेपाल पक्षका एमाले सांसदले पार्टीलाई स्पष्टीकरणको जवाफ दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनःस्थापनापछि विश्वासको मत नपाएका ओलीले राजीनामा दिनुपर्नेमा फेरि प्रधानमन्त्री बन्ने बाटो समातेकाले देउवालाई समर्थन गरेर ओलीलाई ढालेको बताएका छन् ।

प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने भए पनि त्यसो नगरिएकाले पछिल्लो कदम चाल्नु परेको उनीहरुको तर्क छ ।

‘प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो,’ एक जवाफी पत्रमा भनिएको छ, ‘तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो ।’

पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा भएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित