काठमाडौं । सरकारले बालबालिकाहरूका लागि पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी थालेको छ ।
१२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरीद गर्ने भएको छ । अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरीद गर्न सरकारले कम्पनीसँग सम्झौता समेत गरिसकेको जनाएको छ ।
उक्त उमेर समूहका ५० लाख बालबालिकालाई लक्षित गर्दै फाइजर खोप खरीद गर्न लागिएको हो । आगामी वैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको सरकारी दाबी छ ।
कोरोना भाइरसको तेस्रो लहरको सम्भावनासँगै बालबालिका उच्च जोखिममा रहेकाले सरकारले सो समूहलाई लक्षित गर्दै खोप खरीदको प्रक्रिया अगाडि बढाएको हो ।
Discussion about this post