नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

7
SHARES
15
VIEWS

काठमाडौं,जेष्ठ । नेपालमा बिहीबार एकैदिन ३३४  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरीका ३, रौतहटका ६४, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।

योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४  पुगेको छ। तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। गत २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ।

उनका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टिनमा छन्। बिहीबारसम्म ८४ हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

संक्रमितको संख्या पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित