हिमचुलि कृषि सहकारी द्धारा मृतक दुर्गा सुनारका परिवारलाई ५५ हजार विमा राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि. कालीकोटले संस्थाका मृतक सदस्यका आफन्तलाई आर्थिक सहयोग गरेको छ । संस्थाको मान्म सेवा कार्यालय अन्तरगत केन्द्र न. ४३ कि सदस्य दुर्गा सुनारको गएको अषाढ ९ गते मृगौला पिडित भई मृत्यु भएको थियो ।

समुहमा आवद्ध भई बाख्रा पालनका लागि लिएको कर्जा विमा वापत मृतकका श्रीमान अमृते सुनारलाई ५५ हजार सहयोग गरिएको बताइएको छ । संस्थाका सचिव सरोज बोगटीको उपस्थितिमा दहिखोलामा गएर समुहका सदस्यहरुको उपस्थितिमा सहयोग गरिएको सेवा कार्यालय मान्मका व्यवस्थापक जमुना आचार्यले बताउनु भएको छ । वहाँका अनुसार ५० हजार कर्जा लिएकोमा हाल ३५ हजार भुक्तानि भएको र १५ हजार संस्थाको ऋण असुलि गरेर ३५ हजार यस अघि संस्थामा बुझाएको ऋण वापतको रकम फिर्ता दिएको र ५ हजार मृतकको क्रिया खर्च गरेर ४० हजार सहयोग गरिएको बताउनु भएको छ । संस्थामा बक्यौता रहेको १५ हजार मिनाह गरिएको बताइएको छ ।

संस्थाले व्यवसायिक रुपमा लिएको कर्जाको विमा गर्ने गरेको बताउदै संस्थाका सचिव सरोज बोगटीले मृत्यु भइसके पछि ऋणको झन्झटबाट मुक्त हुन कर्जा विमा लागु गरेको बताउनु भएको छ । संस्थाले अमेरिकन विमा कम्पनि मेडलाइफ द्धारा कर्जा विमा गर्दै आएको छ ।

कर्जा विमा वापत रास्कोट ७ गैरागाउँ की तुलक्षा विकलाई पनि कर्जा विमा राहत प्रदान गरिने संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । वहाँले भन्नु भयो संस्थाले सदस्यको दुर्घटना विमा र कर्जा विमा कार्यक्रमलाई विगत ७ वर्ष देखि शुरु गरेको बताउदै भविष्यमा आइपर्ने समस्यालाई हल गर्न यस कार्यक्रमले सदस्यहरुमा ठुलो राहत हुने बताउनु भएको छ ।

हिमचुलि कृषि सहकारी संस्था कालीकोटको सबै भन्दा ठुलो र १३ हजार ५ सय बढि सदस्य भएको जिल्ला भर सेवा कार्यालय स्थापना गरी विभिन्न व्यवसाय तथा आय आर्जनका काम गर्दै आएको संस्था हो । यस सहकारीको स्थापना २०६५ सालमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित