हिमचुली डेरीको औपचारिक उद्घाटन,माग बमोजिम दुधको ब्याबस्थापन गर्न सहभागीको जोड

7
SHARES
15
VIEWS

कालीकोट । खिर खाने दिवशका अवसरमा कालीकोटको पहिलो डेरी औपचारिक उद्घाटन गरिएको छ । कालीकोट जिल्लामा २०६७ साल स्थापना गरिएको डेरी ब्यबस्थापन अभाबमा बन्द भएको भएपनी यस वर्ष देखि सुचारु भएको थियो  । आज भएको कार्यक्रममा कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा पशु अस्पताल कालीकोटका प्रमुख लक्ष्मी प्रसाद अधिकारीको विशेष आतिथ्यतामा उद्घाटन गरिएको हो । हिमचुली कृषि सहकारी सस्था लि का सचिब सरोज बोगटीको अध्यक्षतामा शुरु गरिएको कार्यक्रममा डेरीको दीर्घकालीन रुपमा संचालन गर्नु पर्नेमा जोड दिनु भएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख अधिकारी कृष्णप्रसाद आचार्यले ग्रामीण क्षेत्रका  किसानलाइ प्रोत्साहन दिएर अघि बढ्न अनुरोध गर्नु भएको छ ।  उहाँले  घरदैलोमा सेवा दिने नाममा दुधको गुणात्मक घटेकाले डेरीले त्यसको उचित ब्यबस्थापन गर्नु पर्नेमा जोड दिनु भएको छ । त्यसै गरि कार्यक्रमका विशेष अतिथी पशु सेवा कार्यालयका प्रमुख लक्ष्मी अधिकारीले डेरी ब्यबस्थापनका आफ्नो तर्फबाट सहयोग गर्ने आश्वासन दिनु भयो । कार्यक्रममा कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतन शाही,रास्ट्रीय बाणिज्य बैंकका प्रमुख, जिल्ला अस्पताल कालीकोटका ब्यबस्थापक,नेपाल नेत्रज्योति संघका प्रमुख,विद्यार्थी नेता  मनसिंह शाही,पत्रकार  लगाएतका सहभागितामा उद्घाटन भएको संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । डेरीमा सहकारी सथाको २० लाख र जिल्ला पशु सेवा कार्यालय बाट १५ लाख अनुदान गरेर ३५ लाख लगानिमा शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित