म्यानमारका सैनिक शासकले आफैंलाई गरे प्रधानमन्त्री घोषणा

7
SHARES
15
VIEWS

म्यानमार। म्यानमारका सैनिक शासकले आफू प्रधानमन्त्री भएको घोषणा गरेका छन् ।

सैनिक कु गरेर सत्ता हातमा लिएका शासक मिन आङ ल्याइङले आफू प्रधानमन्त्री भएको घोषणा गरेका हुन् । उनले आगामी २०२३ अगस्टसम्ममा बहुदलीय चुनाव गराउने र आपतकालिन अवस्था हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शासक ल्याइङले नेता आङसान सुकीको जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिएका थिए । सैनिक कू पछि म्यानमारको अवस्था उथलपुथल भएको छ । सेनाको कदमविरुद्ध नागरिकहरु विरोध र हड्तालमा उत्रिरहेका छन् ।

जसले प्रशासन र अर्थव्यवस्था अस्तव्यस्त भएको छ । एक स्थानीय अनुगमन समूहका अनुसार सुरक्षा बलले बिरोध प्रदर्शन र असन्तुष्टीविरुद्धको कारबाहीमा ९०० भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । सीमा क्षेत्रमा सशस्त्र द्वन्द्वको पुनरुत्थान भएको छ ।

जुलुस हड्तालका कारण म्यानमारमा कोभिड १९ को संक्रमण तिव्र रुपमा बढिरहेको छ । सैनिक शासकले आफ्ना सैन्य अधिकारीहरुलाई स्वतन्त्र र निष्पक्ष बहुदलीय आम चुनाव गराउनको लागी परिस्थिति बनाउनुपर्ने बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित