नक्कली पेस्तोल देखाई सहकारी लुट्न खोज्ने दुई जना पक्राउ

7
SHARES
15
VIEWS

काठमाडौं । काठमाडौंको मुलपानीमा मुलपानीमा नक्कली पेस्तोल देखाई सहकारी लुट्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिने दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका–१ घर भएका १८ वर्षीय किशोर छन् ।

उक्त संस्थामा बा. ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको प्रहरीले बताएको छ ।

उक्त घटनाको सूचना प्राप्त भएसँगै महानगरीय प्रहरी वृत्त वौद्घबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटरसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित