गाउँ खालि गरेर नेताहरुको काठमाडौंमा जमघट

7
SHARES
15
VIEWS

कालीकोट ।यति बेला सत्ता पक्ष र विपक्ष केन्द्रिय राजधानि काठमाडौंमा नेताहरु भेटघाटमा व्यस्त भएका छन । सत्ता पक्षका साथै प्रतिपक्षका नेताहरुको भेटघाट काडमाडौंमा बाक्लिएको छ । सकैले बालकोटमा केपि ओलिलाई भेटघाट गरेको फोटा शेयर गरेका छन भने कसैले अर्थमन्त्रि देखि प्रचण्डलाई भेटघाट गरेको फोटा सामाजिक संजालमा व्यापक मात्रामा बाहिरिएका छन ।

कालीकोटबाट मुख्य सत्ताधारी नेपालि कांग्रेस बाहेक नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष धनजित शाही, गाउँ पालिका अध्यक्षहरुका साथै महिला नेतृहरुको सहभागिता बढेको छ । अध्यक्ष शाह्ीले जिल्लामा बैठकको आयोजना गरेर काठमाडौं छिरेपछि बैठक समेत स्थगित गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका छन ।
अषाढ मसान्तको चटारोको अन्त संगै फ्रेसमा काठमाडौंमा भित्रिएका स्थानिय नेताहरुले काठमाडौंमा भेटघाटमा व्यस्त रहेका छन । त्यसै गरी प्रतिपक्ष नेकपा एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेश्नल), खांडाचक्र नगरपालिकाका प्रमुख लगाएतको नेताहरु समेत काठमाडौं पुगेका छन ।

पार्टीका शिर्ष नेताहरु संग पछिल्लो राजनैतिक अवस्थाका बारेमा बुझविस्तार गर्न काठमाडौं पुगेको बताइएको छ ।
कोही नेताहरु आगामि योजना ल्याउनका लागि काठमाडौंमा पुगेका छन भने कोही राजनैतिक अवस्थाका बारेमा बुझ विस्तार र मन्त्रिहरु संग भेटघाटमा व्यस्त रहेका हुन । कोही कोही कार्यक्रताहरु भने नेताहरु संग सेल्फि हान्न र केही पाउन सकिन्छ की भन्ने हेतुले हामी पनि के के म छौं भनेर काठमाडौं घुमफिर गर्न गएका छन ।
अहिले काम सकाएर अधिकांस नेताहरु फर्किने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित