कालीकोट । देशभर माओवादी केन्द्रका गतिविधि बढे संगै कर्नालि प्रदेशमा वाइसियलका गतिविधि बढ्न थालेका छन ।
कर्नालि प्रदेशका विभिन्न जिल्लामा वाइसियलका भेला तथा सम्मेलनका क्रममा हुम्ला,जुम्ला लगाएतका जिल्लामा गतिविधि तिव्र पारेको हो । जुम्ला जिल्लाको कनका शुन्दरी गाउँ पालिका, हुम्लाको ताजाकोट गाउँ पालिकामा भेला गरेर वाइसियलको शक्ति प्रदर्शन गरेको हो ।
कर्नालिका विभिन्न जिल्लामा संगठनलाई जुझारु बनाउन संगठन लागि परेको वाइसियल नेपालका केन्द्रिय सदस्य गणेश शाहीले बताए । उनले भने हुम्ला तथा जुम्ला लगायतका जिल्लामा वाइसियल ज्युंदो छ भन्ने कुरा यस कार्यक्रमले दिएको बताउदै धन्यवाद समेत दिएका छन ।
नेकपा विभाजन संगै देशभर गतिविधि विस्तार गर्दै लिएको वाइसियलले ३ लाख वाईसियल निर्माण गर्ने वाईसियल नेपालका केन्द्रिय अध्यक्ष दिपशिखाले बताइ सकेका छन ।
Discussion about this post