सरकारको न्यूनतम कार्यक्रम : संविधान संशोधनदेखि बन्दीहरुलाई रिहा गर्ने सम्म (पूर्णपाठ)

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारलाई सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरुले अध्ययन गरेर फाइनल गरेपछि उक्त प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामग्री खरीदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ ।

यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथाशीघ्र सम्पन्न गर्न सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा जनाइएको छ ।

राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने पनि रहेको कार्यदलका एक सदस्यले बताएका छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको रहेको कार्यदलले सबैको अपनत्व हुने गरी गठबन्धनमा आवद्ध पार्टीका नेता, अर्थविद्, कानुनका जानकार लगायतसाग परामर्श गरेर प्रतिवेदन तयार पारेको हो ।

कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

पूर्णपाठ-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित