चुइगम चपाउदा यि रोग निको हुन्छन ?

7
SHARES
15
VIEWS

काठमाडौं । मानिसमा चुइगम चपाउने बानीले धेरै सहज गराउने गरेको पाइएको छ । मुखको दुर्गन्ध हटाउन देखि तलतल मेटाउन चुइगम चपाउने गरिन्छ । तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?
अहिलेको बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ । कतिसम्म भने करिब १० मिनेट मात्र चुइगम चपाउँदा मुखमा भएको १० करोड ब्याक्टेरिया नष्ट हुने गरेको रहस्या खुलेको छ ।
नेदरल्यान्डको युनिभर्सिटी अफ ग्रोनिजनका विशेषज्ञहरूले गरेको एक अनुसन्धान अनुसार चुइगममा मुखको ब्याक्टेरियालाई मुखको खाल्डो र टोड्कोबाट क्याभिटी हटाउने क्षमता हुन्छ ।
चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा थुकमा हुने तथा मुख भित्रका १० करोड बढी व्याक्टेरिया नष्ट हुन्छन् ।चुइगममा एक प्रकारको लिसो हुन्छ, जसले मुख भित्रका करौडौं व्याक्टेरियालाई चुइगममा टास्ने र सो चुइगम थुक्दा त्यसैमार्फत व्याक्टेरिया शरीरबाट बाहिरीने गर्दछन्
चुइगम चपाउँदा निलिने थुकबाट समेत मुखका व्याक्टेरिया पेटसम्म पुग्छन् र त्यहाको आद्रताले मर्ने गर्दछन् । तसर्थ चुइगम चपाउनु ब्रस गर्नु जतिकै लाभदायिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित