रास्कोट बासिले फुकोट हाइड्रोलाई बुझाए माग पत्र,के के छन मागहरु ?

7
SHARES
15
VIEWS

कालीकोट ।राष्टिय गौरवको आयोजनाका रुपमा लिएको कालीकोटको फुकोट हाइड्रोका जग्गा प्रभावित रास्कोट बासिले माग पत्र पेश गरेका छन । फुकोट अर्धजलासाय युक्त विद्युत उत्पादन कम्पनि लिमिटेडलाई जिल्ला प्रशासन कार्यालय कालीकोट मार्फत माग ७ बुद्धे माग पत्र पेश गरेका हुन । शुक्रवार जिल्ला प्रशासन कार्यालय कालीकोट मार्फत छलफल गरेर विद्युत उत्पादन कम्पनिलाई पेश गरेका हुन । रास्कोट मुआव्जा संघर्ष समितिका संयोजक जगत बहादुर बमको नेतृत्वमा आएको टोलिले माग पत्र पेश गरेको हो ।

के के छन मागहरु ?
१.मुआव्जा प्रदान गर्दा २०५०सालको नापिको आधारमा मुआव्जा निर्धारण गरेको नभई हाल सालै नगरसकारले निर्धारण गरेको प्रतिवर्ग मिटरलाई आधार मानेर मुआव्जा प्रदान गर्नु पर्ने ।
२.डुवान क्षेत्र भित्रका समुदायको बास व्यवस्थापन गर्नु पर्ने ।
३.जल विद्युतको नाममा जग्गाधनिले जग्गा पास गर्दा लाग्ने शुल्क आयोजनाले व्यवस्थापन गर्नु पर्ने ।
४.जग्गाधनिलाई आयोजनाका तर्फबाट हुने रोजगारी तथा सिप विकास तालिम संचालनमा प्राथमिकता दिनु पर्ने ।
५.रास्कोटको प्रभावित जमिनका आसपासमा क्षेत्रमा रहेको पहिरो नियन्त्रण गर्नु पर्ने । त्यसका साथै कर्नालि करिडोरमा प्रभावित रहेको जग्गाको क्षति पाउनु पर्ने ।
६.प्रभावित क्षेत्रमा रहेका प्राकृतिक सम्पदा बोट विरुवा सिसम,धामिर्क सम्पदा मन्दिरहरुको क्षति पुर्ति दिनु पर्ने ।
७.उचित मुआव्जा निर्धारणका लागि दवाव दिन जगत बहादुर बमको संयोजकत्वमा ७ सदस्य संघर्ष समिति गठन गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय कालीकोटले के भन्यो ?
जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी कुृष्ण प्रसाद आचार्य विच भएको छलफलमा उक्त मागहरु सम्बन्धित कम्पनिलाई लेखि पठाउने निर्देशन दिइएको बताइएको छ । जग्गा प्रभावित परिवारलाई २०५० सालको मुल्यनिर्धारणमा उल्लेख भए बमोजिम मुआव्जा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भएको बताइएको छ ।
मुआव्जा के कति निर्धारण गरिएको छ ?
यस अघि बसेको मुआव्जा निर्धारण समितिले रास्कोट नगरपालिकाको सडक संग जोडिएको सडकको जग्गाको प्रति वर्गमिटर १ हजार ८ सय,रास्कोट नगरपालिका भित्रको जग्गाको प्रतिवर्ग मिटर १ हजार ३ सय र पचालझरना गाउँ पालिकाको जग्गाको प्रति वर्ग मिटिर १ हजार १ सय र पाखो जमिनको प्रतिवर्ग मिटर ६ सय निर्धारण गरेको थियो ।
अब के होला ?
स्थानियले जग्गा प्रभावित जग्गा धनिले असन्तुष्टी जनाएका छन । पचालझरना गाउँ पालिकाका समुदायले पनि विरोध जनाउदै आएका छन । सान्नित्रिवेणि गाउँ पालिका, पचालझरना गाउँ पालिका र रास्कोट नगरपालिकाका समुदायले मुआव्जा पाउने भएपछि उचित नपाए पनि भुक्तानि लिन आतुर भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित