जुम्लामा एक हप्तासम्म स्वाब नपठाउन आग्रह

7
SHARES
15
VIEWS

जुम्ला,जेष्ठ। भारतबाट भित्रिने नागरिकहरुको संख्या बृद्धि भए संगै कर्णालि स्वस्थ्य विज्ञान प्रतिष्ठना जुम्लामा स्वाब जम्मा हुन थाले पछि एक हप्तासम्म जिल्लाहरुबाट कोरोना परिरक्षणका लागी संकलन गरिएका स्वाव नपठाउन अनुरोध गरेको छ ।

प्रतिष्ठानको ल्यावमा रहेको मेसिनले दैनिक १०० जनासम्मको रिर्पोट दिने गरेकोले स्वाब लाईनमा राख्नु पर्ने अवस्था सृजना भएकोले तत्कालका लागी एक हप्तासम्म अरु स्वाव नपठाउन जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालयहरुलाई भनिएको हो ।

  प्रतिष्ठानले साविकका कणाली अंचलका ५  जिल्लालाई लक्षित गरि मेसिन राखेका हौ तर अहिले प्रदेशका प्राय सबै जिल्लाहरुबाट स्वाव आउन थालेपछि चाप बढेको हो ।  विहिबारसम्म प्रतिष्ठानमा १ हजार बढी स्वाब लाईनमा छन ति स्वाबहरुको पिसिआर परिक्षण गर्न बाँकी रहदै अन्य स्वाब आए लाईनमा राख्नुपर्ने भएकाले स्वाबको गुणस्तरमा ह्रास आउने संभावना हुन्छ त्यसैले कम्तिमा एक हप्तासम्म स्वाब नपठाउनु यदि पठाउनै पर्ने अग्रिम लिखित जानकारी दिनु भनिएको छ ।

नेपाल सरकारले समेत सबैको पिसिआर गर्नु पर्दैन। एक लक्षण देखिएका र दुई आरडिटी पोजेटिप देखिएका व्यक्तिहरुको मात्र पिसिआर गर्नमा जोड देउ बरु १४ दिन व्वारेन्टाईनमा बसेका सबैको आरडिटी परिक्षण गराऔं भनेकोले आफुहरुले पिसिआर मात्र परिक्षण गर्ने भएकाले आरडिटि परिक्षणका लागी किट उपलब्ध गराउन स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारहरुसंग जतिसक्दो छिटो सबैले आ आफना भुमिकाबाट पहल गर्न पनि निर्देशक डा रावलले सुझाव दिए ।

कर्णालि स्वस्थ्य विज्ञान जुम्लाका निर्देशक डा.मंगल रावलले स्वास्थ्य मन्त्रायले जारी गरेको निर्देशिका हो। निर्देशिकाले लक्षण देखिएका विरामी र आरडिटि पोजेटिब व्यक्तिहरुको पिसिआर गर्नेु भनेकोले सोहि अननुसार पिसिआर परिक्षण गदै आएको बताउनु भएको छ । कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाहरुबाट कोरोना परिरक्षणका लागी संकलन गरिएका स्वाव नपठाउन भनेको छ ।

कणाली प्रदेशका जिल्लाहरुमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको सख्या बढदै गएपछि प्रतिष्ठानमा परिक्षणका लागी स्वाब लाईनमा राख्नु पर्ने अवस्था सृजना भएकोले तत्कालका लागी एक हप्तासम्म अरु स्वाव नपठाउन जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालयहरुलाई भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित