कालीकोट । कर्नाली उज्यालो कार्यक्रम अन्तरगत कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४र ५ का चार सय घरधुरीमा सौर्य विद्युत जडान हुने भएका छ्न ।
साबिकको राचुली गाबिसका घरधुरीमा सोलार जडान मार्फत विद्युत उत्पादन हुन थालेको छ । स्थानिय कमल शाहीका अनुसार अहिले सोलार प्यानल,लाइन बिस्तारका लागि तार लगाएतका सामान आइपुगेको बताउदै अब राचुलिका मात्र नभइ नगरका सबै घरधुरीका समुदायले अँध्यारो बाट मुक्ती हुने बताउनु भएको छ ।
कालीकोट जिल्लाका खाडाचक्र,तिलागुफा नगरपालिका, महाबै गाउँ पालिकाका ६ वटा वडामा सौर्य विद्युत जडान गर्न शुरु भएको छ । अर्थ मन्त्रालयको आर्थिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रको प्राविधिक सहयोगका साथै तिलागुफा नगरपालिकाको १० प्रतिशत साझेदारीमा सौर्य विद्युत जडान हुन लागेको बताइएको छ ।
उक्त कार्यले कालीकोटका विद्युत लाइन बिस्तार नभएका स्थानहरुका समुदायले उज्यालो हुने भएपछी स्थानीय खुशी भएका छ्न ।
कालीकोटका ग्रामीण क्षेत्रमा रास्ट्रीय प्रशारण नपुगेको क्षेत्रमा सोलार बाट उज्यालो बाल्दै आएका छ्न ।
Discussion about this post