सुवास बने ‘देउकेटा’

7
SHARES
15
VIEWS

दैलेख । देशभर देउकी प्रथाको बारेमा चर्चा भएपनि दैलेखमा भने अनौठो देखिएको छ। दैलेखको एक मन्दिरमा कुमार केटाले पुजापाठ गर्दै आएका छन । कर्नालि राजमार्गको दैलेखको तल्लो डुङ्गेश्वरस्थित एक मन्दिरमा वालकले पुजाआजा गर्ने गरेका छन ।

दैलेख जिल्लाको तल्लो डुङ्गेश्वरको पञ्चेश्वर शिव महादेव मन्दिरमा लामो समय देखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको बताइएको छ। हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पूजारी रहेका छन । उनलाई (देउकेटा)का रुपमा चिनिदै आएका छन्।
सुवास गएको मङ्सिर देखि पूजारी नियुक्त भएका हुन् । त्यस अघि उनका साहिला दाजु जीवनदेव पूजारी रहेका थिए। जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पूजारीमा सुवास मन्दिर प्रवेश गरेका हुन्।

सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आर्शिवाद दिँदै आएको बताए।उनले भने ‘पूजापाठका सबै काम सिक्ने क्रममा रहेको बताएका छन ।
शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ।

जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ। देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन मन्दिरमै बास बस्नु पर्ने प्रचलन रहेको बताइएको छ । देउकेटाको प्रचलन कर्नालि प्रदेशमा नयाँ रहेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित