हिमचुलि डेरीमा दुध दहि लिनेको घुंईचो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र डेरीमा हिजा आज दुध दहि लिनेको घुंईचो लाग्न थालेको छ । २०६८ सालमा स्थापना भएको जिल्लाको पहिलो डेरी विचमा बन्द भएर अषाढ महिना देखि पुन संचालनमा आएको हो ।

उक्त डेरीको साउन १५ गते औपचारिक उद्घाटन भएपछि अहिले दिनहुं जसो दुध दहि लिनेको घुंइचो लाग्न थालेको हो । कालीकोट जिल्लामा घर घरमा किसानहरुले दुध पुगाउने गरेको भएपनि खान मन लागेको बेला खाने र मन नलागेको बेला नखानेहरुका लागि कठिनाई हुने गरेका सेवाग्राहीहरुका लागि डेरी संचालनमा आएपछि सहज भएको बताइएको छ ।

कहिले डेरी संचालन होला र दुध दहि खान सहज होला भनेर सेवाग्राहीहरु कुर्ने गरेको डेरी संचालकको भनाई रहेको छ । पछिल्लो समयमा बाहिरबाट दुध ल्याउनका लागि घर घरमा भन्दा पनि डेरीमा दुध ल्याउन थालेको कृषकहरुको भनाई रहेको छ ।

संस्थाले सिंयाला तथा ताडीबाट दुध संकलन गर्न थालिएको डेरी व्यवस्थापक चन्द्रमणि आचार्यले बताए । उनका अनुसार दिनहुं जसो १ सय १० .लिटर दुध आउने गरेको बताए । उनका अनुसार घरमा गएर दुध दिन छोडेर डेरीलाई दुध उपलब्ध गराउनेको संख्या बढेको बताइएको छ ।

ताडिका कृषक रवि पाण्डेले साहुजिहरुको घरमा गएरु दिदा जति राम्रो भएपनि दोष मात्र आउने र रकम कम हुने भएकाले् आफुले डेरीमा दुध दिन थालेको बताए । उनले भने दुध राम्रो दिने र राम्रो रकम लिने भएकाले डेरीमा दुध दिने गरेको बताउदै कृषकहरुका समस्या समाधान गर्न हिमचुलि कृषि सहकारी संस्था लि.ले गर्ने आशा आफुमा रहेको बताए ।

घरबाट दुध ल्याउदा समय कुर्नु पर्ने र दुध माग बढेको समयमा अभाव हुने भएकाले डेरी संचालन हुंदा आफुलाई सहजता भएको एमिदिप होटेल संचालक मिठु शाहीले बताइन । आफुलाई चाहिएको समयमा होटलमा डेरीले उपलब्ध गराउने भएकाले डेरी संचालनले आफु जस्ता होटल व्यवसायिहरुलाई राम्रो भएको बताइन ।
कालीकोट जिल्लामा २०६८ सालमा हिमचुलि कृषि सहकारी संस्थाले आफै गाई पालन गरेर दुध डेरी संचालन गरेको थियो । डेरीमा अहिले दुध दहि, घ्यु,पनिर पाउने गरेको बताइएको छ ।

डेरीमा दुधको मात्रा हेरेर जिल्ला बाहिर पैठारी गर्ने योजना रहेको हिमचुलि कृषि सहकारी संस्था लिका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।हिमचुलि कृषि सहकारी संस्था जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्था हो । यस सहकारीले जिल्लाका ९ वटा स्थानिय तहमा सेवा कार्यालय विस्तार गरेर वित्तिय तथा गैर वित्तिय सेवा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित