सोति घटनाको संसदिय समिति द्धारा छानविन हुने

7
SHARES
15
VIEWS

काठमाण्डौ जेष्ठ।सोतिमा घटेको घटनाको सत्यतथ्य छानबिन का लागि संसदिय समितिले चासो दिएको छ । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले दलहरूसँग समन्वय गरेर समिति गठन गरिने बताउनु भएको छ ।

जेष्ठ दोस्रो साता पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा प्रेमिकाले बोलाएर लिन जाजरकोटबाट गएका नवराज विकसहितका टोलि र केटी पक्षबीच झडप भएसँगै उनीहरूको हत्या भएको थियो ।

घटनाको भोलिपल्टदेखि नै संसदमा रस्साकस्सि चलेपछि संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । घटना जातीय विभेदका कारणले भएकोले केन्द्रिय स्तरबाट उचित छानविनको माग गरिएको हो । यस अघि सयुंक्त राष्टसंघले समेत चासो दिएको छ भने राष्टिय मावन अधिकार आयोगले छानविन समेत अगाडी बढाइसकेको छ ।
दुईपक्षको झडपपछि केटी पक्षले कुटपिट गरेपछि नवराज विक सहितका युवाहरू लाई केटी पक्षबाट कुटपिट गरेर भरी नदिमा फालिएको अवस्थामा ज्यान गएको बताइएको छ ।उता कुटपिट पक्षबाट ज्यान जोगाउन मृतक युवाहरुले भेरी नदीमा हाम फालेको आरोप पनि लागेको छ । सो घटनामा छ जनाको ज्यान गएको थियो भने अरु सकुसल घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित