कोरोनाका कारण बडिमालिका धार्मिक पुजा पाठमा सिमित हुने(सुचना सहित)

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड महामारीका कारण यस पटक धार्मिक स्थल बडिमालिकामा पुजापाठमा सिमित हुने भएको छ ।

कालीकोट र बाजुराको विचमा पर्ने चर्चित धामिर्क स्थल बडिमालिकामा दर्शनालुहरुको भिड नलाग्ने भएको छ । उक्त धार्मिक स्थलमा जुम्ला राज्य र डोटी राज्यको गरी डोलि लिएर आउने चलन रहेको छ ।

पुजापाठमा सिमित हुने गरी बाजुरा जिल्ला प्रशासन कार्यालयले कालीकोटलाई पत्र पठाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठका अनुसार बाजुरा जिल्लाबाट मंगलवार चलानि नम्बर २६७को प्राप्त अनुसार अनिवार्य नित्य पुजा बाहेक  सर्वसाधारण भेला गरेर पुजा पाठ नहुने बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले सोही अनुसार भेला नहुन जानकारी सहित निमित्त प्रमुख जिल्ला अधिकारी श्रेष्ठ द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । बडिमालिका पुजापाठका लागि जुम्ला र डोटीबाट भने सरकारी टोलि सहित डोलि लिएर एक टोलि शुक्रबार पैदल यात्रा शुरु गरेको छ ।

बडिमालिकामा पुगेर १८ दिन पछि फर्किने चलन चल्ति रहेको छ ।

बडिमालिका धामिर्क स्थलमा कर्नालि प्रदेश र सुदुर पश्चिम प्रदेश मात्र नभई विभिन्न क्षेत्र र भारतिय मुलुकका नागरिक समेत दर्शन गर्न आउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित