कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९ पुग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,जेठ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना भाईरसका संक्रमितको संख्या एक सय जना थप भएर ४ सय ८९ जना पुगेका छन ।

आज थप भएकाहरु मध्ये हुम्लाका १ जना,जाजरकोट १जना,दैलेखका ९२ जना,गोरखाका १ जना र रामेछापका १ जना, जाजरकोटका १ जना र जुम्लाका ३ जना गरी एक सय जना थप संक्रमित भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मिनारायण तिवारीले जानकारी दिनु भएको छ ।वहाँका अनुसार संक्रमित हुनेहरुको प्रदेश अस्पताल तथा पशुपक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ३ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मा ९७ जनामा कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

थप भए संगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या ४ सय ८९ पुगेको डा.तिवारीको भनाई रहेको छ।पछिल्लो समय भारत बाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्दै आएकोमा परिक्षणका क्रममा संक्रमितको संख्या बढ्न थालेको हो ।

अहिले कर्णालि प्रदेशमा हरेक जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा परिक्षणको दायरा बढाउनु पर्नेमा आवाज उठ्न थालेको छ । देश भर संक्रमितको थप २सय ७८ संगै कुल संक्रमितको संख्या २ हजार ९ सय ९२ जना पुगेको छ भने ३ सय ३३ जना उपचार पछि निको भएर घर फर्केका छन भने १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा बसेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित