पत्रकार महासंघको नाममा राजनीति गर्ने लुम्विनिका पत्रकार निलम्बन

7
SHARES
15
VIEWS

बुटवल । नेपाल पत्रकार महासंघको आवरणमा खुलमखुला राजनीति गर्ने लुम्बिनी प्रदेशका पत्रकार निलम्बनमा परेका छन् ।

खेलकुद मन्त्रालय कांग्रेस आफैंले राख्नुपर्ने तथा पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले गरेका नियुक्ति खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव जयसिंह केसीलाई आफ्नै संस्थाले कारबाहीस्वरुप निलम्बन गरेको हो ।

उनले सो व्यहोराको ज्ञापनपत्र बुझाएको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा प्रककाशित भएलगत्तै प्रदेश अध्यक्ष बसन्त गिरीले उनलाई स्पष्टीकरण सोधेका छन् । लुम्बिनी प्रदेश सचिवको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षणपत्र महासंघको विधान, नीति, निर्देशन, आचारसंसहिता तथा पत्रकार अनुशासनको बर्खिलापमा भएको गिरीको भनाइ छ ।

यसअघि महासंघका प्रदेश सचिव केसीले प्रधानमन्त्री देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिनुपर्ने, एमाले सरकारले नियुक्त गरेका सबै नियुक्ति खारेज गर्नुपर्नेलगायत विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । उनको हर्कतको प्रेस चौतारी नेताललगायत पत्रकारका विभिन्न संगठनले विरोध जनाएका छन् ।

आम पत्रकारहरूको समस्या समाधान तथा उनीहरूको हकहित र अधिकारका लागि स्थापित महासंघमा नेतृत्व गर्नेहरूले खुलमखुला आफ्नो व्यक्तिगत आश्थाको राजनीति गर्नु व्यावसायिक पत्रकारहरूको भावनामा चोट पुर्याउनु भएको भन्दै उनको विरोध भइरहेको छ ।

 केसीले पधानमन्त्री  देउवालाई बुझाएको ध्यानाकर्षणपत्र–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित