उपचारका क्रममा सुत्केरी बुढाको बिच बाटोमा मृत्युु

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रीबेणी निवासी सुनाको सुत्केरी हुन नसक्दा उपचारका क्रममा निधन भएको छ । सान्नित्रीबेणी २ रकु निवासी सुना बुढाको निधन भएको हो । स्थानिय हिरा गिरीका अनुसार यसै महिना सुत्केरी हुने बुढाको दुई/तीन अघि  जिउ सुनिएकोले स्थानीय स्वास्थ्य इकाइ रकुमा उपचार गर्दा जिल्ला अस्पताल कालीकोटमा रिफर गर्दा थप उपचारका लागि जिल्ला अस्पतालमा लिने क्रममा बिच बाटोमा निधन भएको बताइन। उपचारका क्रमा जिल्ला अस्पताल ल्याउने क्रममा बिच बाटोमा निधन भएकोले  अस्पताल पुग्दा ज्यान गैसकेको रहेछ उनले बताइन् । जिल्ला अस्पताल कालीकोटले सुना बुढाको मृत्यु भैसके पछि पुगाएको बताएको छ । सान्नित्रीबेणी १ का वडाअध्यक्ष भरत बिकले उपचारका लागि  थप ब्यबस्थापन गर्दागर्दै बुढाको निधन भएको बताएका छ्न । मृतक बुढाका एक छोरा रहेको बताइएको छ । यस अघि जिल्ला अस्पताल कालीकोटमा   रास्कोट नगरपालिका १ कि एक महिलाको नौ दिन पछि रक्तस्रावका कारण मृत्यु भएको थियो ।   जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका अनुसार उनको कोरोना पोजिटिभ समेत भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित