कालीकोटमा ३२७५ जना क्वारेन्टाइनमा २६ जना आइसोलेनमा

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । जिल्लाका नौ वटा स्थानिय तहमा ३ हजार २ सय ७५ जना नागरिकहरु क्वारेन्टाइनमा रहेका छन ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जारी गरेको अत्यावधिक तथ्याँकमा शुक्रवार सम्म जिल्ला भित्रिएका नागरिकहरुको संख्या ४ हजार ६ सय १२ जना रहेकोमा क्वारेन्टाइनमा बसेर घर फिर्ता भएका १ हजार ३ सय ३५ जना रहेको बताइएको छ ।

जिल्ला जनस्वस्थ्य अधिकृत कटक महत द्धारा तथ्याँकमा जिल्ला भर ३२ वटा क्वारेन्टाइन संख्या रहेको उल्लेख गरिएको छ । जस्मा रास्कोट नगरपालिकामा २ वटा क्वारेन्टाइनमा ४ सय ३३ जना ,खांडाचक्र नगरपालिकामा ४ वटा क्वारेन्टाइनमा५ सय ४६ जना,तिलागुफा नगरपालिकामा ५ वटा क्वारेन्टाइनमा ४ सय ६२ जना,पतांला गाउँ पालिकामा ३ वटा क्वारेन्टाइनमा ३ सय ३१ जना,पचालझरना गाउँ पालिकामा ३ वटा क्वारेन्टाइनमा १०९ जना,सान्नित्रिवेणि गाउँ पालिकामा ३ वटा क्वारेन्टाइनमा २ सय ५२ जना,नरहरिनाथ गाउँ पालिकामा ३ वटा क्वारेन्टाइनमा २ सय ६५ जना,शुभकालिका गाउँ पालिकामा ३ वटा क्वोरेन्टाइनमा ४ सय ८९ जना र महावै गाउँ पालिकामा ६ वटा क्वारेन्टाइनमा ३ सय ८९ जना गरी ३हजार २ सय ७५ जना रहेको बताइएको छ ।

रास्कोट नगरपालिकामा ४ वटा आइसोलेसन बेड,नरहरिनाथ गाउँ पालिकामा ५ वटा आइसोलेसन बेड,महावै गाउँ पालिकामा २ आइसोलेसन बेड र जिल्ला स्वस्थ्य सेवा कार्यालयको मातहतमा सदरमुकाम मान्ममा ५० गरी ६१ बेडको आइसोलेसन बेड रहेको जनस्वस्थ्य अधिकृत महतले बताउनु भएको छ ।

त्यसै गरी हाल सम्म जिल्ला भर १ हजार ६ सय ७ जनाको आरटि पिसिआर परिक्षणका क्रममा महिला १ र पुरुष २४ जना गरी २५ जनाको रिर्पाेट पोजेटिभ आएको उल्लेख गरिएको छ । आरडिटी तर्फ स्वाब ७ सय ८९ जनाको स्वस्थ्य परिक्षण भएकोमा आरडिटी पोजेटिभमा महिला ४ र पुरुष ६७ जना  र पछिल्लो आरडिटी रिर्पाेट १९ जनाको पोजेटिभ आएकाले कुल संख्या ९० जना पुगेको बताइएको छ । ९० जनाको  पिसिआर परिक्षणका लागि स्वाब कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको जन स्वस्थ्य अधिकृत महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित