१८ वर्षदेखि दोरम्बा घटनाका पीडितहरु न्यायको पर्खाईमा

7
SHARES
15
VIEWS

काठमाडौँ। एड्भोकेसी फोरम नेपालले रामेछापको दोरम्बा नरसंहार घटनाबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यस नरसंहारको घटना घटेको १८ औँ वार्षिकीमा फोरमले घटनामा मारिएकाहरुको परिवारजनको न्यायको लडाईमा साथ रहेको जनाउँदै घटनाका दोषीलाई कानून बमोजिम कारबाही गरी दण्डहिनताको संस्कृतिको अन्त्य गर्न फोरमले माग गरेको हो ।

वि.सं. २०६० साउन ३२ गतेका दिन तत्कालिन शाही नेपाली सेनाले रामेछाप जिल्लाको दोरम्बामा २१ जना सर्वसाधारणलाई पक्राउ गरी निर्मतापूर्वक हत्या गरेका थिए ।

तत्कालिन माओवादी बिद्रोही र सरकारबीच दोस्रो पटक चलिरहेको शान्ति वार्ताको समयमा घटेको यस घटनाले युद्धबिरामलाई समेत असर पारेको थियो ।

यो नरसंहारको घटना घटेको १८ वर्ष वितिसक्दा पनि सरकार यस घटनाका एकजना दोषीलाई पनि कानूनी कठघरामा उभ्याउन अनिच्छा देखाइहेको छ ।

दोरम्बा नरसंहारको घटना क्रुरताको पराकाष्ठा हो भने यसले अन्तर्राष्ट्रिय मानवीय कानूनको पनि उलंघन गरेको छ । तर शाही नेपाली सेना लगायत सरकारी निकायले यस घटनामा केहि निर्दोष बाहेक अधिकांश व्यक्तिहरु दोहोरो भिडन्तमा मारिएका थिए भनि दाबी गरिरहेको छ । यस घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान नभएकोले यस नरसंहारका दोषीहरुले उन्मुक्ति पाइरहेका छन् ।

यतिका वर्षसम्म थुप्रै शीर्षस्थ नेताहरुले दोरम्बा नरसंहारका पीडितहरुलाई सत्य, न्याय, परिपूर्ण र स्मृतिस्थल निर्माण गरिदिने वाचा गरे पनि सरकारमा जाने वित्तिकै बिर्सिने गरेका छन् । ति वाचाहरु आजसम्म पनि पूरा भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित