यसो किन गरे ? कृषि विकास कार्यालय कालीकोटका प्रमुख बस्नेतले ?

7
SHARES
15
VIEWS

कालीकोट । कृषि क्षेत्रमा काम गरेको लामो समय पछि पटक पटक विवादमा तानिदै आएका जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले सेवाग्राहीको काम गर्नु भन्दा पनि आफ्नै तालमा यसो गरेपछि निकै विवादमा तानिएका छन ।
जिल्ला कृषि विकास कार्यालयको कार्यकक्षमा हेभि चेयरमा बसेका बस्नेतले दिउसो सेवाग्राहीको काम गर्नु भन्दा पनि टेवुल माथि उपरखुट्टि हालेर मोवाइलमा व्यस्त रहेका पाइएको छ । उनको नजिकमा रहेका सेवाग्राहीलाई वास्ता नगर्दै उक्त क्रियाकलाप गरेको प्रति सेवाग्राहीलाई मन परेको रहने छ ।
सेवग्राहीले खिचेको फोटा कर्नालि संचारलाई प्राप्त भएको हो ।

श्रोतले उपलव्ध गराएको फोटामा सेवा ग्राहीहरुको अगाडी त्यसो हर्कत गरेको दावि छ । श्रोतका अनुसार आफुहरुका कुरा नसुनेर मोवाइलामा व्यस्त रहेका कार्यालय प्रमुख बस्नेतको यो पहिलो घटना भने होइन ।

उक्त फोटालाई अन्यथा नलिन कार्यालय प्रमुख बस्नेतले आग्रह गरेका छन । उनले भने मेरो दांया खुट्टामा समस्या छ पनि छ सुनिएर समस्या आएको बेलामा त्यसो हुन गएको स्विकार गरेका छन । आफ्नो नियत भन्दा पनि झुक्किएर गएको बताए । कार्यकक्षमा भन्दा पनि तालिम हलमा  सेवाग्राहीहरु संगको कुराकानिमा सो काम भएको र फोटा पनि हानेको आफुले चाल पाएको कार्यालय प्रमुख बस्नेतको भनाई रहेको छ ।

राजनैतिक पूर्वाग्राहीका कारण यस्तो भएको प्रमुख बस्नेतको भनाई रहेको छ । बस्नेतका अनुसार आफुले लामो समय कालीकोट जिल्लामा बसेर विभिन्न रचनात्मक काम गरेको बताउदै कालीकोट जिल्लामा धेरै समय बसेकाले आफुले सरुवा मागेको बताएका छन । पहिले पनि उनलाई विभिन्न समयमा भौतिक आक्रमण देखि मानसिक तनाव दिने गरेको कुरा बाहिर आउने गरेको थियो ।
कालीकोट जिल्लामा वर्षेनि यावत घटनाहरु बाहिर आउने गरेका छन ।

यस अघि दुरसंचार कार्यालय कालीकोटको प्रांगढ भित्रको मदिरा पाटी होस या मालपोत कार्यालय परिसर भित्रको जुवा खाल ।

कालीकोट जिल्लामा जनताका सेवाका लागि आउने कर्मचारीहरुले  यस्ता हर्कत गर्ने ?  सरुवा भएर गएपछि कालीकोटको हविगतका कुरा गरेर आफु पानि माथिको ओभानु सावित हुने घटनाहरु रहस्यमय ढंगले बाहिर आउने गरेका छन ।

यस घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले केही व्यक्तिहरुले लामो समय देखि सेवा गर्दै आएकाहरुले सामान्य नैतिकता,आफ्नो मर्यादा र पदिय जिम्मेवारीमा बस्नु पर्नेमा त्यो नहुने गरेको बताउदै कार्वाही भन्दा पनि आफुले सुधारका लागि सुझाव दिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित