२ हजार ७५ जनामा कोरोना पुष्टि, ३० को मृत्यु, २३ सय ८२ निको

7
SHARES
15
VIEWS

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ७७३ र एन्टिजेन विधिबाट ५ हजार ३७२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ जना रहेको छ ।

हालसम्म ३७ लाख ८ हजार ६८८ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित