कालीकोटका विद्यालयमा धमाधम पढाइ शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा कालीकोटमा कोरोनाको तेस्रो लहर शुरु भएसंगै विद्यालय सुचारु भएका छन । स्थानिय तहले कोरोनाको अवस्थालाई मध्यनजर गर्दै विद्यालय संचालन गर्न निर्देशन दिएका छन ।

सोही निर्देशन अनुसार जिल्लाको रास्कोट नगरपालिका, नरहरिनाथ गाउँ पालिका,पचालझरना गाउँ पालिकाले विद्यालय संचालनमा ल्याएका हुन ।

पचालझरना गाउँ पालिकाका अधिकांस विद्यालयहरु संचलनमा आएका छन । पचालझरना गाउँ पालिकाको वडा न.३को भंकमा रहेको शिसु कल्याण आधारभुत विद्यालयमा विद्यार्थिहरुलाई उपस्थिति गराउदै पढाई शुरु गरिएको शिक्षक गोरख रोकायाले बताउनु भएको छ । वहाँका अनुसार विद्यालयमा उपस्थिति विद्यार्थिहरुलाई माक्स वितरण गरिएको बताउनु भएको छ ।

पछिल्लो समयमा तिलागुफा नगरपालिका लगाएतका स्थानिय तहमा पठन पाठन शुरु गरिएको बताइएको छ ।

तर जिल्ला शिक्षा समन्वय इकाइ कालीकोटले भने विद्यालय संचालनका लागि कुनै पनि प्रक्रिया अघि बढाउने पहल भने गरेको छैन ।
तस्विर गोरख रोकायको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित