काठमाडौँ। सरकारले दार्चुलामा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएकाको परिवारलाई १० लाख राहत दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दार्चुलाको जयसिंह धामीको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन् ।
हालसम्म धामी बेपत्ता प्रकरणमा गृहमन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन भने पक्षले आफूहरुले तुइन नकाटेको दावी गरेको छ ।
साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका– २ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी बेपत्ता भएका थिए । स्थानीयका अनुसार एसएसबीले तुइन खुस्काइदिएकाले घटना भएको बताउँदै आएका छन् ।
Discussion about this post